२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीमा ५५ केन्द्रीय सदस्यले सनाखत गरे

२०७८, ९ भाद्र बुधबार ०८:३९

भदौ ९, काठमाडौँ | नेकपा एमालेबाट अलग्गिएर नयाँ बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीमा साविकको एमालेका ५५ जना केन्द्रीय सदस्यहरुले निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

सनाखतका क्रममा पार्टी अध्यक्ष माधव नेपाल सवैभन्दा पहिला निर्वाचन आयोग पुगेका थिए । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ, गंगालाल तुलाधर लगायतका नेताहरु आयोग पुगेका थिए । दुई दिनयता नेपाल पक्षीय नेताहरु भेलाको क्रममा चन्द्रागिरिको रिसोर्टमा बसेका थिए । उनिहरु चन्द्रागिरीबाट पर्यटक बस चढेर सिधै निर्वाचन आयोग गएका हुन् । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेपछि अभिवादन गर्दै । तस्बिरः रत्न श्रेष्ठ/रासस

निर्वाचन आयोगले सनाखतको लागि २ बजेसम्मको समय दिएको थियो । नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्। 

सनाखत गरेसँगै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बिधिबत रुपमै निर्वाचन आयोगमा दर्ता हुने भएको छ । केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ। जस अनुसार एमालेबाट विभाजन भएका नेपाल पक्षले नयाँ पार्टीको मान्यता पाउनको लागि ४१ जना आवश्यक पर्छ । केन्द्रीय सदस्यको सनाखत संख्याको आधारमा नेपाल नेतृत्वको नयाँ दलले वैधता पाउने देखिएको छ । 

निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेत्री रामकुमारी झाँक्री । तस्बिरः रत्न श्रेष्ठ/रासस

निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुग्नु भएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेत्री रामकुमारी झाँक्री । तस्बिरः रत्न श्रेष्ठ/रासस 

निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गर्न पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरु सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै