2026-07-11 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

भदौ ११, काठमाडौँ (रासस)। गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिबाट अप्ठेरोमा परेकाहरूलाई तत्काल उद्धार, राहत र अस्थायी बसोबासको व्यवस्था गर्न सरोकारवाला निकायका पदाधिकारीहरूलाई निर्देशन दिनुभएको छ । विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयमा आज भएको बैठकमा मन्त्री खाँणले वर्षा भोलिसम्म पर्ने सम्भावना रहेको भन्दै क्षति हुने सम्भावना भएका क्षेत्रका पूर्व तयारी गर्न निर्देशन दिनुभयो । 

“अहिलेसम्म विपत्तिमा परेकाहरूको उद्धार, राहत र आवश्यक परेको स्थानमा बस्ती स्थानान्तरण गर्न देखाएको क्रियाशीलता सराहनीय छ”, मन्त्री खाँणले भन्नुभयो, “वर्षा अझै हुने र क्षति पु¥याउने सम्भावना भएका स्थानमा कसरी रोक्न सकिन्छ, पूर्व तयारी गर्नुहोला, सबैको समन्वयमा काम भइरहेकै छ, अझै पनि समन्वयमै काम हुन आवश्यक छ ।”

कतिपय स्थानमा पुल बगेर सडक र राजमार्ग नै अवरुद्ध भएका र बढी वर्षात भएका कारण गाउँ र बस्ती नै डुबानमा परेकाले ती अवस्थाबाट सहजता ल्याउन के गर्नु पर्ने हो समन्वय गर्न मन्त्री खाँणले निर्देशन दिनुभयो । सडक अवरुद्ध भएका स्थानमा डाइभर्सन, बेलिबृज निर्माण र जनशक्ति खटाएर उद्धार गर्ने काममा तदारुकता देखाउन पनि उहाँले आग्रह गर्नुभयो ।

“प्राकृत्तिक विपत्तिबाट नागरिकको जीवन रक्षा गर्ने सवालमा उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्नुपर्छ,” गृहमन्त्री खाँणले भन्नुभयो, “अहिलेसम्म काम गराइको गतिशीलता राम्रो छ, अझै उत्कृष्ट बनाउनु पर्छ ।”

गृह सचिव टेकनारायण पाण्डेले भोलि बिहानसम्म निरन्तर वर्षा हुने सम्भावना रहेकाले समन्वयमा काम गर्न निर्देशन दिनुभयो । “विपद्मा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्नुपर्छ,” गृह सचिव पाण्डेले भन्नुभयो । 

बैठकमा राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुङ्गाना, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्ररमणि पोखरेल, जलस्रोत तथा सिँचाइ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा बर्सात्पछि भएको क्षतिबारे विवरण प्रस्तुत भएको थियो । 

बैठकमा मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव हुमकला पाण्डेले अहिलेसम्म बर्सात्पछि भएको प्राकृतिक विपत्तिबारेको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । उहाँद्वारा बैठकमा प्रस्तुत तथ्याङ्कमा गत जेठ ३१ गतेदेखि अहिलेसम्म ८५ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको तथा विभिन्न स्थानमा बाढी र पहिरोले गराएको क्षतिबारे जानकारी गराउनुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट