२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१५ लाख युवाहरुलाई उत्पादनमा लगाउने अर्थमन्त्रीको घोषणा

२०७८, १३ भाद्र आईतवार ०६:३७

भदौ १३, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन । योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन् । 


उत्पादन अभियानमा युवाहरु दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान संभव नभएको भन्दै उहाँले देशका १५ लाख युवाहरुलाई उत्पादन र रोजगारीमा लगाउने गरी संगठित गर्नुपर्नेमा जोड दिए ।

यस्तै समाजमा भएका सांस्कृतिक विभेदहरुका विरुद्ध लड्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणको बाटोमा अग्रसर हुन मन्त्री शर्माले आग्रह गरे । भ्रष्टाचारको अन्त्य र सदाचारको संस्कृति निर्माणको लागि समेत युवाहरुको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले त्यसतर्फ अघि बढ्ने गरी कार्यक्रम तय गर्न सुझाव दिए। 

मन्त्री शर्माले युवा बहुल जनसंख्या (आर्थिक रुपले सक्रिय जनसंख्या) भएको नेपालमा विकासको लागि अबको एक दशकको समय उर्बर रहेकोले यो अवधिमा कडा मेहेनत गर्नुपर्ने धारणा राख्दै आएका छन । त्यसपछि नेपाल ‘एजिङ्ग कन्ट्री’ मा परिणत हुँदै जाने र विकासको गति मन्द हुने आँकलन उनको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ