२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठकमा जे देखियो…

२०७८, २५ भाद्र शुक्रबार ११:४०

न्युज कारखाना | भदौ २५, काठमाडौं | प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे । सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार अनुरोध गरिरहे । तर, एमाले सांसदहरूले टेरेनन् । एमाले सांसदको नाराबाजीका कारण सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटका लागि स्थगित गरे ।

नाराबाजीकैबीच सभामुख सापकोटाले दोस्रो बैठकलाई कार्यसूचीमा प्रवेश गराए । बैठक सुरू भएलगत्तै सभामुख सापकोटा र नेपकिपाका सांसद प्रेम सुवालबीच केहीबेर सवालजवाफ पनि चल्यो । 

प्रतिपक्षी दल एमालेको नाराबाजीका बेला आफूले प्रस्ताव प्रस्तुत गर्न नसक्ने सांसद सुवालले बताए । तर, सभामुख सापकोटाले आफूले रूलिङ गरेकाले यथास्थानबाट प्रस्ताव प्रस्तुत गर्न सांसद सुवाललाई आग्रह गरे । सुवाल मानेनन् । त्यसपछि केहीबेर सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो । 

सभामुख सापकोटाले सुवाललाई आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । ती अध्यादेशलाई बैठकले स्वीकृत ग¥यो । लगत्तै सभामुख सापकोटाले १५ मिनेटका लागि दोस्रो पटक बैठक स्थगित गरे । 

शुक्रबार दुई दुई पटक १५ मिनेटका लागि बैठक स्थगित गरियो । तेस्रो पटक बसेको बैठकमा भने एमाले सांसद र मर्यादापालकबीच रमाइलो घम्साघम्सी नै प¥यो । एमाले सांसद रेखा झाले माइक तानेर सभामुखलाई हिर्काउन खोजिन् । तर, उनलाई अन्य सांसद र मर्यादापालकले रोकेर दुर्घटनाबाट जोगाए । 

नाराबाजीकाबीच सभामुख सापकोटाले दायाँबायाँसमेत नहेरी अर्थ सम्बन्धी अध्यादेशहरू प्रतिस्थापन गर्न बनेको विधेयक बैठकमा पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई समय दिए । नाराबाजी गरिरहेका एमाले सांसदहरू रोस्ट्रममा उक्लिन खोज्दा मर्यादापालक र सांसदहरूबीच लामो समय घम्साघम्सी चल्यो ।  


घम्साघम्सीकैबीच विधेयकहरू पेस गर्दा अर्थमन्त्री शर्मा निकै आत्तिएका देखिन्थे । रोस्ट्रम अगाडि उत्तेजित भएर नाराबाजी गरिरहेका एमाले सांसदरूतिर नियाल्दै शर्माले लर्बराउँदै हतार हतार विधेयक प्रस्तुत गरे । 

शर्माले विधेयक पेस गरेपछि सभामुख सापकोटाले ‘मैले शोक प्रस्ताव प्रस्तुत गर्दैछु’ भन्दै शान्त रहन नाराबाजी गरिरहेका सांसदहरूलाई आग्रह गरे । त्यसपछि नाराबाजी गरेका सांसद चुपचाप उभिरहे । उनीहरू उभिरहँदा सभामुख सापकोटाले जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । शोक प्रस्ताव पारित गरेपछि सबै सांसदहरूले मौन धारण गरे । मौन धारण सकिएलगत्तै फेरि सुरू भयो एमाले सांसदहरूको नाराबाजीे । केहीबेर नाराबाजीपछि सभामुख भने, ‘प्रतिनिधिसभाको अर्काे बैठक भदौ २७ गते आइतबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ