२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिका भ्रमणको मेरो प्राथमिकतामा एमसीसी छैन : परराष्ट्रमन्त्री डा. खड्का

२०७८, ६ आश्विन बुधबार १०:४६

असोज ६, काठमाडौं।  नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भनेर आफू लागिपर्ने बताएका छन्।

सिंहदरबारमा बुधबार पदभार ग्रहण गर्दै मन्त्री खड्काले भने,‘हामी छिमेकी राष्ट्रहरुसँग अत्यन्तै घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्दै अगाडि बढ्ने हो। परराष्ट्र नीति भनेको कुनै एउटा दल विशेषको मात्रै हुँदैन, त्यसकारण सबै दलको सहमतिको आधारमा अघि बढ्ने हो।’

आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनको लागि अमेरिका जान लागेको पनि उनले सुनाए। उनले उक्त अवसरमा आफ्नो सबैसँग भेटवार्ता हुने र महत्वपूर्ण विचार आदानप्रदान हुने पनि विश्वास दिलाए। उनले आफ्नो अमेरिका भ्रमणमा एमसीसी प्राथमिकताको लिष्टमा नभएको भन्दै विशुद्ध रुपमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने भएको बताए।

उनले भने,‘त्यहाँ नेपालको आफ्नो एजेण्डा प्रस्तुत गर्नेछु।’ उनले राजदूत दलविशेषको आधारमा बनाउने विषय नभएको पनि टिप्पणी गरे। अमेरिकाबाट फर्किएर आएपछिमात्रै राजदूत नियुक्तीको प्रक्रिया थाल्ने र योग्य व्यक्तिलाई जिम्मेवारी दिइने पनि उनको विश्वास छ।-लोकपाटीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ