२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लोकतन्त्र र समाजवादलाई बलियो बनाउन कांग्रेस प्रतिबद्धः सभापति देउवा

२०७८, ७ आश्विन बिहीबार ०८:३०

असोज ७, काठमाडौँ (रासस) । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । 

पर्वतको कुश्माबजारस्थित बिपी स्मृति भवनको आज भर्चुअल (जुम) माध्यमबाट उद्घाटन गर्नुहुँदै उहाँले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्र र समाजवादलाई बलियो बनाउने बताउनुभएको हो । 

सभापति देउवाले पछिल्लो समय मुलुकभर पार्टी कार्यालय भवन निर्माण हुने क्रममा वृद्धि भएको उल्लेख गर्नुहुँदै यसले पार्टीको संस्थागत विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट शक्ति विभाजन गरेर कांग्रेस ठूलो हुने नसोच्न कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा भर्चुअल माध्यमबाट उहाँले भन्नुभयो, “हामी आफ्नै शक्तिले देशको ठूलो पार्टी हुने हो । कम्युनिष्ट फुटेका कारण ठूलो पार्टी हुने होइन ।” 

वरिष्ठ नेता पौडेलले कांग्रेसमा आन्तरिक लोकतन्त्रलाई सबल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कांग्रेसको आसन्न महाधिवेशनले सफल र सक्षम नेतृत्व चयन गर्नुपर्ने पनि बताउनुभयो । 

कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले पार्टीभित्र गुटबन्दीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । 

विसं २०६६ कात्तिक ११ गते शिलान्यास गरिएको सो भवन झण्डै १२ वर्षमा सम्पन्न भएको छ । कूल रु एक करोड ४७ लाखको लागतमा सो भवन निर्माण भएको समितिका संयोजक जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था, व्यक्ति तथा शुभेच्छुकसँग रकम सङ्कलन गरिएको छ । सङ्कलित रकममध्ये रु ६५ लाख बचत भएको र यसलाई अक्षय कोषमा राखिने उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ