2026-07-24 11:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सुरक्षाका चुनौती पहिचान गर्न प्रधानमन्त्रीको निर्देशन

असोज ७, काठमाडौं (रासस )। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्रीले जंगी अड्डामा आज आयोजना गरिएको दुईदिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक’को शुभारम्भ गर्दै राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग को रुपमा रहेको नेपाली सेनालाई परिवेश र परिस्थितिको वस्तुपरक विश्लेषणका साथ रणनीतिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए।

‘अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा स्थितिको विश्लेषण गर्दै सम्बन्धित साझा रणनीतिका साथ अघि बढ्ने गुरुत्तर दायित्व नेपाली सेनाको काँधमा छ,’ सुरक्षा चुनौतीको सामना गर्न समय-सान्दर्भिक प्रतिकारात्मक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले भने। नेपाली सेनाद्वारा भइरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालनका निम्ति तर्जुमा गरेका योजना गरेका दीर्घकालीन महत्वका परियोजनालाई स्रोतको सुनिश्चितता गर्न नेपाल सरकारबाट हरसम्भव प्रयास हुने उनले बताए।  

समन्वयात्मक बैठक र आपसी छलफलबाट प्राप्त हुने निष्कर्षले नेपाली सेनालाई नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने यथार्थ सुनाउँदै उनले बैठक सामयिक भएको बताए। प्रधानमन्त्रीले कोभिड-१९ को महामारी तथा विपद् व्यवस्थापनमा अग्रपंतिमा रहेर नेपाली सेनाले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्दै राष्ट्रिय सेनाको छविलाई अझ उजिल्याउन सकल दर्जाले इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरु अक्षरसः पालना गर्न कटिबद्ध रहेको बताउँदै प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहने दृढता व्यक्त रे। उनले भने, ‘देशमा विकसित राष्ट्रिय सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने सबै प्रकारका गतिविधिको नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको छ, त्यसबाट सृजना हुनसक्ने सुरक्षा चुनौती सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेकोछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक