2026-07-11 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एसको बागमती प्रदेश कमिटी बैठक काठमाडौंमा हुँदै

2021-09-24

असोज ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बागमती प्रदेश कमिटी बैठक यही असोज १९ गते काठमाडौंमा हुने भएको छ। बागमती प्रदेशका सबै तहमा कसरी संगठन विस्तार गर्ने तथा राजनीतिक कार्यक्रम प्रभावकारीरूपमा सञ्चालन गर्न आवश्यक कार्य योजना निर्माण गर्नेलगायत विषयमा बैठकमा छलफल हुने कमिटीका सहइञ्चार्ज जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा हुने उक्त कार्यक्रममा पार्टीले सञ्चालन गर्ने राजनीतिक कार्यक्रम तथा अन्य अभियानमा प्रदेशको कमिटीले निर्वाह गर्नुपर्ने भूमिकामा समेत सहभागी नेताबाट सुझाव संकलन गरिने छ। कमिटीलाई सशक्त बनाउन कार्य विभाजनका साथै नेतालाई जिम्मेवारी दिइनेछ।

बैठकमा उक्त प्रदेशभित्रका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्यलगायत २०० जनाको सहभागिता हुनेछ। स्थानीय तहमा जनताका समस्यालाई केन्द्रमा राखेर समाधान गर्न नेता तथा कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्नेबारे प्रशिक्षण दिइनेछ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांगठनिक विस्तार तथा राजनीतिक अभियान यही असोज ९ गते सञ्चालन गरिन लागेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट