७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रालयमा मन्त्री नहुँदा कर्मचारीलाई सास्ती

९ आश्विन २०७८, शनिबार ०४:५१

असोज ९, काठमाडौं। लामो समयदेखि १४ वटा मन्त्रालय मन्त्रीविहीन छन्। यसै कारण कुनै पनि निर्णय लिनुपर्ने अवस्थामा मन्त्रालयका उच्च कर्मचारीले सास्ती भोग्ने गरेका छन्। उनीहरू फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्ने गरेका छन्।

१४ वटा मन्त्रालयको जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवा सामान्यतया हप्ताको ३ देखि ४ दिनमात्र सिंहदरबार पुग्छन्। सिंहदरबार पुगेको बेला प्रधानमन्त्री कार्यालयमै उनलाई भ्याइनभ्याइ हुन्छ। अन्य मन्त्रालयमा जान फुर्सद नै हुँदैन। कहिलेकाहीं सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहभागी भई देउवा प्रधानमन्त्री कार्यालय नै नपुगीकन निस्कन्छन्।

२०७८ असार २९ मा मन्त्रिमन्डल गठन भए यता आफूले जिम्मेवारी लिएका १४ मन्त्रालयमा देउवा एकपटक पनि पुगेका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने उनले राज्यमन्त्री नियुक्त गरेका छन्।

मन्त्रालयमा मन्त्री नहुँदा सचिवालय खाली हुने गरेको छ। यद्यपि विभागीय मन्त्रीको नेम प्लेटमा देउवाको नाम हुन्छ। सचिवालयका सबै कोठामा ताला लगाइएको हुन्छ। मन्त्रीस्तरीय निर्णय गर्नुपरेमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीलाई धौधौ पर्छ। सचिवहरूआफैं फाइल बोकेर विभागीय मन्त्री खोज्दै प्रधानमन्त्री कार्यालय धाउने गर्छन्।

‘अति संवेदनशील तथा गोप्य प्रकृतिका छन् भने आफैं फाइल बोकेर सचिवज्यू प्रधानमन्त्री कार्यालय पुग्नुहन्छ’, संघीय मामिला मन्त्रालयका एक उपसचिवले भने। प्रधानमन्त्रीलाई भेट्न मन्त्रालयका उच्च कर्मचारीलाई त्यति सजिलो छैन।

संघीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्यालले मन्त्रालयस्तरीय नीतिगत निर्णय गर्नुपरेमा विभागीय मन्त्री नहुँदा अप्ठ्यारो हुने बताउँदै भने, ‘कुनै जटिल काम भयो भने प्रधानमन्त्रीलाई भेट्छौं। सामान्यतया प्रधानमन्त्रीसँग भेट हुँदैन।’ दैनिक गर्नुपर्ने काममा भने विभागीय मन्त्री नहुँदा पनि त्यति समस्या नभएको उनले बताए। उनले भने, ‘कुनै जटिल प्रकृतिको फाइल छ भने हामी आफैं फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुग्छौं।’

भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने विभागीय मन्त्री नहुँदा काम नरोकिएको बताए। ‘फाइल बोकेर तपाईं आफैं प्रधानमन्त्री कार्यालय पुग्नुहुन्छ कि कसैलाई पठाउनुहुन्छ’ भनी सोधिएको जिज्ञासमा उनले भने, ‘कुन व्यक्तिले फाइल लिएर प्रधानमन्त्री कार्यालयमा जान्छ भन्नु ठूलो कुरा भएन। काम रोकिएको छैन।’

विभागीय मन्त्री नहुँदा मन्त्रालयका उच्चपदस्थ कर्मचारीले भोग्नुपरेको सास्तीका बारेमा उनीहरू खुलेर बोल्न चाहँदैनन्। तर मन्त्री नहुँदा काममा अप्ठ्यारो परेको गुनासो उनीहरूको छ।

देउवाले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसहित उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, खानेपानी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएका छन्। परराष्ट्रमन्त्रीको जिम्मेवारी भने बुधबारदेखि नारायण खड्काले लिएका छन्।

देउवाले मन्त्रीपरिषद् विस्तार गर्न अलमल गरेझैं सचिवालय विस्तार गर्न पनि अलमल गरेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अहिलेसम्म घोषित रूपमा भानु देउवामात्र प्रमुख स्वकीय सचिवमा नियुक्त गरिएका छन्। भानुबाहेक अन्य व्यक्ति घोषित रूपमा देउवाको सचिवालयमा नियुक्त गरिएका छैनन्। उनको निजी सचिवालय कर्मचारी पनि थोरै छन्। आजको नागरिक दैनिकमा खबर छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या