२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा एमाले केन्द्रीय कमिटी बैठकच्यासलमा सुरु

२०७८, १० आश्विन आईतवार ०९:०६

असोज १०, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको समापन बैठक सुरु भएको छ। आइतबार च्यासलस्थित तुलसीलाल स्मृति भवनमा विधान अधिवेशन केन्द्रित बैठकमा नेताहरुले जवाफ दिन लागेका हुन्।

यही असोज १५ देखि १७ गतेसम्म हुने विधान अधिवेशनमा पेश हुने राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावलाई आइतबारको बैठकले पारित गर्ने कार्यसूची रहेको छ।

पारित गर्नुअघि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलले जवाफ दिनेछन्। विधान अधिवेशनमा पेश गर्न स्थायी समितिले पारित गरेर राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन केन्द्रीय कमिटीमा पेश गरेको थियो।

ती प्रतिवेदनमाथि शनिबार १० वटा समूह बनाएर छलफल गरिएको थियो। छलफलबाट निस्केको निचोडलाई टोली नेतामार्फत बैठकमा सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ