2026-07-11 03:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद विघटन ठिक थियो : ओली

2021-09-26

असोज १०, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दुई पटक गरेको प्रतिनिधिसभा विघटन ठिक रहेको भन्दै बचाउ गरेका छन् । ललितपुरस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले संसद विघटन ठिक भएकाे बताएका हुन् । 

ओलीले संसदले काम गर्न नसक्ने भएपछि विघटन गरेको भन्दै चुनावमा जाने कुरा कहिल्यै गलत नहुने बताएका हुन् । शनिबार बसेको बैठकमा केही केन्द्रीय सदस्यहरुले संसद् विघटन गलत रहेको टिप्पणी गरेका थिए । आइतबार सोही विषयमा जवाफ दिँदै ओलीले संसदले काम नगर्न नसकेकाले ताजा जनादेशमा जाने निर्णय गरिएको भन्दै अहिले पनि संसदले काम गर्न नसकेकाले आफूले गरेको निर्णय ठिक रहेको बताए।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई चुनावमा जान कुनै समस्या नरहेको पनि बताएका छन् । उनले आफ्नो सरकारले अरुले पनि सिक्नुपर्ने काम गरेको दाबी गर्दै यत्रो काम गरेको पार्टीलाई चुनावमा जान कुनै समस्या नहुने बताए । उनले आफ्नै पार्टीका केही नेताहरुको कारण सरकारबाट हट्नुपरे पनि खासै क्षति नभएको उल्लेख गर्दै सम्हालिएर अगाडि बढ्ने बताए । उनले चुनावलाई केन्द्रमा राखेर काम गर्न पनि निर्देशन दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट