2026-07-11 05:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी हुँदै

असोज १३, काठमाडौँ | गठबन्धन सरकारको लामो संघर्ष पछि  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । प्रधानमन्त्री देउवाले सत्ता साझेदारहरुलाई मन्त्री बनाउनेहरुको नाम दिन ताकेता गरेपछि मन्त्रिपरिषदले पूर्णता पाउने देखिएको हो ।

सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएपछि मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ । योसँगै अब नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी र जसपाबाट मन्त्री बनाईदैछ । सरकारमा उपस्थित हुन माधव र उपेन्द्रलाई परेको पार्टीगत रुपमा कानुनी र व्यवहारिक समस्याको गाँठो फुकाइएपछि सरकार बनेको साढे दुई महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउने देखिएको छ । 

यसअघिनै गठबन्धन सरकारमा काँग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने गरि सहमति भईसकेको छ । भोली बिहिबारसम्म सरकारमा आवद्ध सबै राजनीतिक दलले मन्त्री बनाउने नाम प्रस्ताव गर्ने र सम्भवत: भोलीनै मन्त्रीमण्डल बिस्तार हुने अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट