2026-07-11 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी किन आए काठमाडौं ?

2021-09-29

असोज १३, काठमाडौं। भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन्। भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन्।

भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि उच्च भारतीय अधिकारीले काठमाडौँको भ्रमण गरेका हुन् ।

श्रीवास्तावले काठमाडौँमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने बताइएकाे छ।

दार्चुलाका जयसिंह धामी प्रकरणपछि कुनै भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण हो । तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काट्दा उनी महाकाली नदीमा बेपत्ता भएका थिए । यो विषयमा नेपालले भारतलाई कूटनीतिक नोटसमेत पठाइसकेको थियाे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट