2026-07-11 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी सम्झौताविरुद्ध २२ गते विशाल प्रदर्शन हुने

2021-09-29

असोज १३, काठमाडौँ । विदेशी शक्ति केन्द्रहरुको दबाबमा सरकारले एमसीसी सम्झौता अनुमोदन गर्न सक्ने अवस्था रहेकाे भन्दै आगामी असोज २२ गते काठमाडौंमा विरोध प्रदर्शन हुने भएको छ । एमसीसी सम्झौता खारेजी आन्दोलनको बैठकले साे विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको केन्द्रीय कार्यालय बसेको बैठकपछि जारी विज्ञप्तिमा एमसीसी सम्झौता तत्कालका लागि संसद्को कार्यसूचीमा सामेल नभएपनि सरकारले कुनै पनि बेला अनुमोदन गराउन सक्ने भएकाले खारेज नभएसम्म सङ्घर्षलाई निरन्तर अघि बढाइरहने निर्णय गरेको हो ।

‘आगामी असोज २२ गते दिनको १२ बजे माइतीघर मण्डलाबाट सुरु गरेर विरोध र्याली संसद् भवनअघि पुगेर विरोधसभा गर्ने निर्णय भयो । बैठकले यस विरोध कार्यक्रममा सहभागी हुन सबै देशभक्त शक्तिहरु, सङ्गठनहरू, व्यक्तिहरुलाई आह्वान गर्ने निर्णय पनि गरेको छ’, बैठकपछि एमसीसी सम्झौता खारेजी आन्दोलनका तर्फबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा उन्नत लोकतन्त्र पार्टी, स्वतन्त्र राष्ट्रिय अभियान र राष्ट्रिय जागरण अभियान एम.सी.सी. सम्झौता खारेजी आन्दोलनमा समावेश हुने निर्णय समेत भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट