2026-07-11 05:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेद्वारा सर्वदलीय बैठक बहिष्कार

2021-09-30

असोज १४,  काठमाडौं। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। प्रधानमन्त्री देउवाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बोलाएका छन्। बैठक केहिबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।

एमालेले प्रतिनिधि सभाको बैठकलाई लगातार अवरोध गरेपछि सत्ता गठबन्धनले अवरोध हटाउन सर्वदलीय बैठक बोलाउने निचोडमा पुगेको थियो। तर, एमालेले नै बैठक बहिष्कार गरेको छ। एमाले नेताहरूका अनुसार नेकपा एकीकृत समाजवादी पार्टीको उक्त बैठकमा उपस्थितिलाई लिएर अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएपछि एमालेले बैठक बहिष्कार गरेको हो।

यसअघि सभामुख अग्निप्रसाद सापकोटाले पनि सर्वदलीय बैठक बोलाएर संसदको अवरोध हटाउने प्रयास गरेका थिए। तर, एमालेले उक्त बैठक पनि बहिष्कार गरेको थियो भने सभामुख सापकोटाले एमालेसँग छुट्टै वार्ता गर्नुपर्ने अडान लिएको थियो। प्रधानमन्त्री देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मार्फत ओलीसँग लगातार संवाद गरिरहेका छन्।

ओलीले कार्कीसँगको पछिल्लो भेटमा अर्ली इलेक्सनमा जान देउवालाई सुझाएका थिए। राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको भन्दै ओली सत्ता गठबन्धनसँग आक्रोशित बनेका हुन्। देउवाले ओलीलाई संसदको अवरोध हटाउन लगातार पहल गरिरहेको भए पनि ओलीले भने मानेका छैनन्।

यता सत्ता गठबन्धन ओलीले अवरोध कायम राखे चाँडै अधिवेशन अन्त्य गर्ने तयारीमा छ। माओवादी केन्द्रको बुधवारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशन चाँडै अन्त्य हुने नेताहरूलाई ब्रिफिङ गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट