Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य

२०७८, १४ आश्विन बिहीबार ११:४४

असोज १४, काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएकी छन्। एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन्।

मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास गरेकी थिइन्। उनको उक्त सफल हुन सकेको छैन। गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो। विश्वासको मत नपाउने अवस्था भए पनि आफू सामना गर्न तयार रहेको उनले बताइन्।

५६ सांसद सहित एकल बहुमत रहेको एमाले फुटेपछि ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद संख्या नभएपछि शाक्यले विश्वासको मत लिनुपरेको हो। संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

वाग्मती प्रदेशमा विपक्षी गठबन्धनले अझै मुख्यमन्त्री टुंग्याउन सकेको छैन। नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन। नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको सरकार आफ्नो दलले नेतृत्व गर्ने भनेर बताउँदै आएका छन्। नेतृत्वबारे टुंगो लगाउन नसक्दा गठबन्धनभित्रै असमझदारी उत्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश