2026-07-11 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गठबन्धनकाे बैठक बस्न सकेन, मन्त्रीमण्डल विस्तार कहिले ?

2021-10-01

असोज १५ काठमाडाैं। आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबार यता सत्ता गठबन्धनको बैठक बस्ने भने पनि बस्न सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो । 

बैठक बस्न नसक्नुको कारणबारे गठबन्धनकै नेताहरु नाजवाफ छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् । आइतबारको बैठकमा देउवाले मंगलबारभित्र नै बैठक बसेर बुधबारसम्ममा मन्त्रालय बाँडफाँट टुंग्याउने बताएका थिए ।

तर, उनले त्यसयता बैठक नै नबोलाएपछि गठबन्धनकै नेता अन्योलमा परेका हुन् । ‘बुधबार नै बैठक राखेर टुङ्ग्याउने कुरा थियो तर शुक्रबार भैसक्यो बैठक बस्ने तरखर अझै देखिएको छैन’ गठबन्धनका एक नेताले भने, ‘प्रधानमन्त्रीले बैठक नबोलाएसम्म मन्त्रिपरिषदले पूर्णता पाउने देखिँदैन । उहाँले किन नबोलाएको हो बुझ्न सकिएन ।’

एकीकृत समाजवादीका नेता विरोध खतिवडा अध्यक्षले अधिकार प्रत्यायोजन गरिसकेकाले माधव नेपाल विरामी भएकाले गठबन्धनको बैठक बस्न नसकेको भन्ने समाचारमा सत्यता नभएको बताए । ‘अध्यक्षले अधिकार प्रत्यायोजन गरिसक्नुभएको छ । उहाँ उपस्थित नभएर निर्णय गर्न कुनै अप्ठेरो छैन’, उनले भने ।

सोमबारदेखि अध्यक्ष नेपाल अस्वस्थ भएका थिए । सोमबार मंगलबार घरमै आराम गरेका नेपाल बुधबारदेखि शिक्षण अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा केही सुधार आएपनि उनको तत्कालै डिस्चार्ज हुने सम्भावना नरहेको बताइएको छ । ‘स्वास्थ्यमा केही सुधार भएको छ । तर, अस्पतालले डिस्चार्जको कुरा गरेको छैन । सम्भवतः शनिबारसम्म डिस्चार्ज हुन्छ कि भन्ने छ’, अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । नेता नेपाललाई खोकी र ज्वरोले सताएको थियो ।

गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६ मन्त्रीको भरमा काम चलाइरहेका छन् । त्यसयता राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका थिए । तर, गत साता मात्रै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ ।

यसबीचमा गठबन्धनबीच काँग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट –६, ६ जना मन्त्री हुने सैद्धान्तिक सहमत भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने ठोस निर्णय भैसकेको थिएन ।

माओवादी केन्द्र र काँग्रेसका २–२ जना गरी सुरुमा ४ मन्त्री बनाएका देउवाले दुई सातापछि एकजना राज्यमन्त्री र साढे २ महिनापछि परराष्टमन्त्री नियुक्त गरेका थिए । तर, नेकपा एकीकृत समाजवादी र जनता समाजवादबाट हालसम्म सरकारमा प्रतिनिधित्व भएको छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट