2026-07-11 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले जनताको विश्वास जित्न सकेन : गगन थापा

2021-10-02

असोज १६,  काठमाडौं। नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको बिचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन्। काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले काँग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए।

उनले काँग्रेसमा देखिएको अहिलेको यथास्थितिवादले जनताको विश्वास जित्न नसक्ने बताए। ‘आज जसरी पार्टी चलेको छ यसले काँग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन,’ उनले भने। नेता थापाले काँग्रेसभित्र सुद्धिकरण आवश्यक भएको पनि बताए। तहगत अधिवेशनले काँग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो।

‘काँग्रेसभित्र ठूलो सुदृढीकरण र सुधारको खाँचो छ,’ उनले भने, ‘हामीलाई खुला मञ्च, सडक तथा संसद् वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने काँग्रेस चाहिएको छ। नागरिकको टुटेको मन जोड्ने काँग्रेस चाहिएको छ।’ नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा उनले जोड दिए।

सम्पूर्ण कम्युनिष्ट र मधेसवादी दलहरू मिले पनि काँग्रेस पहिलो पार्टी बन्ने गरी काम गर्न उनले आग्रह गरे। ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६/७ महिना बाँकी रहन्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट