2026-07-11 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पालिका तहको नेतृत्व चयनका लागि कांग्रेस मोरङको चुनाव हुँदै

2021-10-02

असोज १६ ,विराटनगर , न्युज कारखाना  ।  मोरङमा नेपाली कांग्रेसले आज स्थानीय तहस्तरीय नेतृत्व चयन गर्दैछ । नेतृत्वका लागि प्यानलनै बनाएर कांग्रेसका नेताहरु चुनावी मैदानमा गएका छन् । केन्द्रमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र उनी इतर समूहजस्तै गाँउ नगरमा पनि त्यसको असर देखिएको छ । प्रदेश १ को एकमात्रै महानगरपालिकामा विराटनगरमा ४ जना चुनावी मैदानमा रहेका छन् । सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रबार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएर चुनावी मैदानमा छन् । निर्वाचनमा ६८१ जनाले मतदान गर्ने पाउने नेपाली कांग्रेस विराटनगरले जनाएको छ ।

कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साहले सभापतिको चुनावी मैदानमान छन् । कामतलाई पौडेल समूहका महेश आचार्यको समर्थन छ भने माझीलाई देउवा पक्ष नेताको समर्थन रहेको जनाइएको छ । बुढीगंगामा जितबहादुर थापा र रेवतीनारायण चौधरी सभापतिको लागि भिडेका छन् । थापा कोइराला निकटका हुन् भने चौधरी देउवानिकट रहेको बुझिएको छ । 

रंगेली नगरपालिकामा सभापतिमा जितनारायण खवास र जगनाथ मण्डलबीच प्रतिपर्धा हुने भएको छ । दुई जना नै  देउवा समूहका हुन् । 

सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह, वैजनाथ झाले सभापतिका लागि चुनावी मैदानमा छन् । रतुवामाईको सभापतिमा कनैयौलाल राजवंशी र पोष्टबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

सुन्दर हरैँचामा महेन्द्र धिमाल र भक्ति सिटौला सभापति लागि चुनावी मैदानमा छन् । सिटौलालाई कोइराला पक्षका नेताको समर्थन रहेको छ भने धिमाललाई देउवा पक्षको समर्थन रहेको छ ।

बेलबारीको सभापतिमा छत्र लिम्बू र शम्भु भट्टराईबीच प्रतिस्पर्धा हुने भएको छ । लिम्बू पौडेल समूहका हुन् भने भट्टराई देउवा समूहका नेता हुन् । पथरी शनिश्चरेको सभापतिमा ईश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराई मैदानमा छन् । खरेल देउवा समूह, भट्टराई पौडेल समूहका कोइराला र थापालाई पौडेल समूहकै महेश आचार्यको समर्थन छ ।  

उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापतिसहितका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन् । केराबारीमा पनि सभापतिसहित सबै पद सर्वसम्मत भएको छ। जदहामा महेन्द्र मण्डलसहितका पदाधिकारी सर्वसम्मत भएको मोरङ कांग्रेसले जनाएको छ ।

उर्लाबारी र केराबारीका सर्वसम्मत दुवै सभापतिलाई पौडल समूह र डा शेखर कोइरालाको समर्थन रहेको छ । धनपालथानमा सभापतिबाहेक पदाधिकारीमा सर्वसम्मत भए पनि सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायबीच प्रतिस्पर्धा हुने छ । 

मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेत सभापतिका लागि चुनावी मैदानमा छन् ।

शनिबार विहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट