2026-07-11 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीको भागमा कुन-कुन मन्त्रालय ? (नामसहित)

2021-10-05

असोज १९ , काठमाडौं। सत्ता गठबन्धनमा रहेका दलहरू मन्त्रिपरिषद् विस्तारको आन्तरिक तयारी जुटेका छन्। गठबन्धनबीच मन्त्रालयको संख्या र नाम नै टुंगो लगाउन समस्या भएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको स्वास्थ्य समस्याका कारण मन्त्रिपरिषद् विस्तारबारे गठबन्धनमा रहेका दलहरुबीच छलफल अगाडि बढेको छ।

यहीक्रममा मंगलबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय भागबण्डाको विषयमा सहमति जुटाएको छ। मंगलबार जुटाएको सहमतिअनुसार नेकपा एकीकृत समाजवादीले ५ मन्त्रालय पाउने भएको छ। रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको हो। साथै एक राज्यमन्त्री पनि पाउने स्रोतले बतायो।

तर, एकीकृत समाजवादीका एक नेताको भनाइमा औपचारिक रूपमा मन्त्रालयको संख्या टुंगो लगाएको भए पनि केही मन्त्रालयमा भने छलफल भइरहेको छ। जसपाले दाबी गरेका केही मन्त्रालयमा एकीकृत समाजवादीले पनि दाबी गरेका कारण केही मन्त्रालय भने अझै फेरबदल हुन सक्नेछन्। तर, संख्याको हिसाबले चाहिँ सहमति जुटिसकेको ती नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट