Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी

२०७८, २१ आश्विन बिहीबार ०४:४१

असोज २१, काठमाडौं। सरकार गठनको ८७ दिनपछि बिहीबार मन्त्रिमण्डलले पूर्णता पाउने भएको छ। मन्त्रालय भागवण्डा लगायतका विषयमा गठबन्धनका शीर्ष नेताहरुबीच सहमति जुटेपछि सरकारले आज पूर्णता पाउने भएको हो।

मंगलबार नै दलहरुबीच सरकार विस्तारका विषयमा सहमति जुटेपनि प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापनाको साइतमा मन्त्रिमण्डल विस्तार गर्ने प्रस्ताव गरेपछि आज मन्त्रीहरुको सपथ हुने भएको हो।

तर अहिलेसम्म माओवादी केन्द्रबाहेक अन्य दलहरुले मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन्। माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन्। यस्तै राज्यमन्त्रीका लागि मोधमाया यादवको नाम टुंगो लागेको छ।

माओवादीबाट यसअघि नै जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा सरकारमा सहभागी छन्। यस्तै नेपाली कांग्रेसमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न नसकेको बताइएको छ।

सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफूलाई तीन मन्त्रालय दिनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको नेताहरु बताउँछन्। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले पौडेल समूहलाई दुई र सिटौला समूहलाई एक मन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेका छन्।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले सरकारमा जानेहरुको नाम टुंगो लगाईसकेको बताइएको छ। जनता समाजवादी पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेताले पाएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै