2026-07-11 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आन्तरिक परामर्शमा सत्तारुढ दलहरू, होला त मन्त्रिपरिषद् विस्तार ?

2021-10-07

असोज २१ , काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। दलहरुबीच मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले भने सरकारमा पठाउने नाम टुंग्याएको छ। हिजो बसेको स्थायी समिति बैठकले माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको थियो।

गठबन्धनका अन्य दलले भने नाम टुंग्यान सकेका छैनन्। काँग्रेस र नेकपा (एकीकृत समाजवादी) भित्र मन्त्रालय बाँडफाँटलाई लिएर विवाद कायमै छ। काँग्रेसमा रामचन्द्र पौडेल पक्ष र संस्थापन देउवा पक्षबीच कति मन्त्रालय लिने भन्नेमा विवाद छ। पौडेल पक्षले काँग्रेसको भागमा आएका बाँकी पाँचमध्ये तीन मन्त्रालय मागे पनि देउवाले दुई मात्रै दिने बताएका छन्।

देउवा र पौडेलबीच आन्तरिक बाँडफाँट मिलाउनका लागि बुधवार बेलुका छलफल भएको थियो तर देउवाले दुई मन्त्रालय मात्रै दिने भनेपछि पौडेल पक्ष बैठक छोडेर हिँडेको थियो। एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटलाई लिएर दलहरुबीच पुनः छलफल हुनुपर्ने माग गरेको छ। हालको गठबन्धनको सूत्रधार भएको नाताले आफूलाई अरू दलसरह व्यवहार गरिनुपर्नेमा राज्यमन्त्रीसहित चार मन्त्रालय दिने भनिएकोमा एकीकृत समाजवादी असन्तुष्ट छ।

पार्टीभित्र आकांक्षी धेरै रहेको र भागमा परेको मन्त्रालयले व्यवस्थापन गर्न कठिन परेकाले बिहीबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँटबारे दलहरुबीच फेरि छलफल हुनुपर्ने र आफूले थप मन्त्रालय पाउनुपर्ने माग गरेको छ।

यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) ले अहिलेसम्म मन्त्री बन्नेको नाम टुंग्याएको छैन। तर त्यसको जिम्मेवारी पाएका नेता उपेन्द्र यादवले बिहीबार नै नाम दिने तयारी गरेको बुझिएको छ। जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत आकांक्षी छन्। आफ्नै दल र बाँकी अन्य दलमा नाम नटुंगिए आज पनि देउवा सरकारले पूर्णता पाउने छैन।

मन्त्री हुने नेताहरूको नाम टुंग्याउन सत्तारुढ गठबन्धनमा रहेका दलहरू आज पनि छलफलमा व्यस्त छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आजै मन्त्रिपरिषद् विस्तार हुने तयारी रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले उस्तै परे आजै शपथ हुने बताए। ‘भर्खरै क्याबिनेट अब हामी उस्तै परे आज शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट