2026-07-11 06:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभा बैठक : एमालेको अवरोधबीच दुई विधेयक फिर्ता

2021-10-08

असोज २२, काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभा बैठक सुरु भएको छ। संसद् बैठक सुरु हुनासाथ एमाले सांसदहरू उठेर नाराबाजी गर्न थालेका छन्।

एमालेकाे अवरोधबीच सभामुख अग्नि सापकोटाले संसद् बैठकलाई अगाडि बढाएका हुन्। बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय निजामती सेवा विधेयक र रेल्वे सेवा विधेयक फिर्ता लिएको जानकारी दिएका छन्।

१९ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको मन्त्री कार्कीले संसद्लाई जानकारी गराए। विधेयक फिर्ताको प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले विरोध गरेका थिए।

सभामुख सापकोटाले विधेयक बहुमतले फिर्ता लिने प्रस्ताव स्वीकृत भएको घोषणा गरेका छन्। योसँगै आजको प्रतिनिधिसभाको बैठक सकिएको छ। सभामुख सापकोटाले सभाको अर्को बैठक असोज २५ गते सोमबार दिउँसो २ बजे बस्ने जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट