२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीको सूचीबाट प्रमोद साहको नाम काटिएपछि…

२०७८, २३ आश्विन शनिबार ०४:०२

असोज २३, काठमाडौं | बिहीवार बेलुकी सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागवण्डाको टुंगो लागेपछि जनता समाजवादी पार्टी (जसपा)ले शुक्रबार विहानै पार्टीबाट सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगायो । नेताहरूले मन्त्री छान्ने जिम्मा पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि अध्यक्षद्वयले चार जना मन्त्रीको नाम टुंगो लगाउदा त्यसमा एक जना प्रमोद साहको नाम पनि थियो ।

मन्त्री बन्नेहरूको नाम टुंग्याएर भट्टराई शुक्रबार बिहानै गृहजिल्ला गोरखा लागे । विहानभर संचारमाध्यममा साहलाई कृषि तथा पशुपंछी विकास मन्त्री बनाउने शीर्ष नेताहरूले सहमति गरे भनेर समाचारहरू आए । शीर्ष नेताहरूको सो निर्णयलगत्तै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिन सुरु गरे ।

मन्त्रीको सूचीबाट नाम काटिएपछि साहले सामाजिक संलाजमा पार्टी पुनर्गठन र सशक्त बनाउने कुरामा आफ्नो भूमिका, सक्रियता र योगदानका कारण पार्टी शीर्ष नेतृत्वले सही मूल्यांकन गरेको भन्ने लागेको भएपनि एकाएक नाम काटिदा आश्चर्य लागेको लेखेका छन् ।

संचारमाध्यमबाट फोन र म्यासेजबाट बधाई तथा शुभकामना लिँदैगर्दा दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद्ले पूर्णता पाएको नामावली सार्वजनिक भयो । त्यसमा भने साहको ठाउँमा महेन्द्रराय यादवको नाम आयो । ‘मन्त्री नबनाउनु थियो भने किन मेरो नाम विहानैदेखि सार्वजनिक गरियो ?, सुरुमा नाम राख्ने अनि पछि हटाएर मेरो मानमर्दन गर्ने काम नेतृत्वबाट भयो’, साहले न्युज कारखानासँग भने, ‘सबै जातजातीको साझा पार्टी बनाउछु भन्ने तर व्यवहारमा एकल जातिय पार्टी बनाउन खोजियो ।’

जसपा फुट्दा सात जना सांसदसहित यादवको पक्षमा लागेका साहसहितका कसैले पनि मन्त्री बन्ने अवसर पाएनन् । ‘यादवसँग १२ जना सांसद थिए मैले सात जना ल्याएर १९ पुर्‍याएको हुँ’, साहले भने, ‘पार्टीलाई यहाँसम्म ल्याएपुर्‍याउन गरेको योगदानको मुल्यांकन भएन, किन यस्तो भयो जवाफ मागिन्छ ।’ आफूले पटक–पटक फोन गर्दा पनि अध्यक्षले फोन नउठाएको उनले बताए । 

किन काटियो नाम ?

सुरुदेखि नै सरकारको नेतृत्व जसपामा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले गर्ने कि अर्का सदस्य महेन्द्रराय यादवले गर्ने भन्ने कुरामा विवाद थियो । शीर्ष नेताहरूको छलफलमा श्रेष्ठले नेतृत्व गरेर जाने भएपछि यादव मन्त्री हुनबाट पछि हटेका थिए । यादव र साह दुवै जना सर्लाहीका हुन् । दुवै जनाले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए ।

महेन्द्रराय यादवले भने सुरुदेखि नै ठाकुरको साथ छाडेर यादवलाई साथ दिँदै आएका थिए । तत्कालीन समाजवादी पार्टी र राजपा एकीकरण हुने वित्तिकै महेन्द्रराय यादव उपेन्द्र यादवको साथमा गएका थिए। पछिल्लो समय महन्थ ठाकुरले आफ्ना पक्षबाट तत्कालीन ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा प्रमोद साह लगायतका सांसदको नाम गएको थिएन । त्यसबाट साह असन्तुष्ट थिए । त्यसपछि उनीसहित सातजना सांसदहरूले उपेन्द्र यादवलाई साथ दिएका थिए ।

आधिकारिकताका लागि निर्वाचन आयोगमा विवाद चलिरहँदा साहलगायतले उपेन्द्र यादवलाई साथ दिएका थिए । प्रमोद साहकै कारण उपेन्द्र यादवको पक्षले बहुमत प्राप्त गरेको थियो । उनलाई मन्त्री बनाउने आश्वासन पनि दिइएको थियो । तर अन्तिममा नाम काटियो ।

‘मेरो नाम अन्तिममा किन काटियो त्यो नै बुझ्न सकेको छैन’, साहले भने, ‘ममाथि ठूलो अन्याय भएको छ त्यसको जवाफ आजै लिन्छु ।’ उनले अध्यक्षद्वयको यो प्रवृत्ति र कार्यशैलीले पार्टीमा ठूलो क्षति पुग्ने समेत बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा