2026-11-02 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

दलहरु चुनाव चिन्ह बोकेर गाउँ-गाउँमा, लोसपा र एमालेको आक्रामक अभियान

असोज २३, काठमाडौँ,बिशाल बस्नेत | चुनाव नजिकिएसँगै महोत्तरीमा चुनावी सरगर्मी बढ्न थालेको छ । राजपाबाट टुक्रिएर महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपाले महोत्तरीको विभिन्न ठाउँमा प्रचारप्रसारको नै सुरुवात गरेको छ ।

अहिले लोसपाले साइकल चिन्ह बोकेर महोत्तरीको विभिन्न पालिकाका टोल-टोलमा पुगिरहेको लोसपाका नेता ज्ञानेन्द्र झाले बताए । ‘चिन्ह पनि नयाँ र पार्टी पनि नयाँ भएको हुनाले जनतालाई जागरुक बनाउन अन्य पाटीले भन्दा हामीले धेरै मेहनत गर्नुपर्ने हुन्छ,’ उनले भने ।

चुनावी चिन्हको रुपमा साइकललाई पहिचान बनाउन लोसपाले टोल-टोलमा ब्यानर र झण्डा झुण्ड्याएको छ भने लोसपा समर्थित व्यापारीका पसल तथा निजी घरहरुमासमेत साइकल चिन्ह अङ्कित बाक्लै झण्डाहरु देखिन्छ । अन्य पार्टीको तुलनामा मुल पार्टीबाट दुई टुक्रा बनेका पार्टीहरुले अहिले प्रचारप्रसारलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

लोसपाजस्तै नेकपा एमालेबाट फुटेको नेकपा एसको पनि आफ्नै  प्रचारप्रसार छ । नेकपा एमालेले देखिनेगरी पाटीका गतिविधि सञ्चालन गरे पनि नेकपा एसले भने गाउँ-गाउँमा पुगेर चुनाव चिन्ह र संगठन विस्तारलाई तीव्र बनाइरहेको छ । यसै पनि प्रदेश-२ मा लोसपाभन्दा जसपा बलियो र नेकपा एमालेभन्दा नेकपा एस बलियो देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते