2026-07-11 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माधव नेपाललाई धाेका दिने १० भाइ खास लालगद्दार हुन् : मन्त्री श्रेष्ठ

2021-10-10

असोज २४, काठमाडौँ, न्युज कारखाना | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खास लालगद्दार १० भाइ भएको आरोप लगाएका छन् । पार्टी विभाजनका लागि सर्वोच्चमा लाम लागेर हस्ताक्षर गर्ने, तर अहिले केपी ओलीको नजिक भएका नै वास्तविक लालगद्दार भएको बताएका हुन् ।

गृहजिल्ला तनहुँमा रहेका मन्त्री श्रेष्ठले शुक्लागण्डकी उद्योग वाणिज्य संघले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘विशुद्ध संविधानको रक्षा, सर्वोच्च अदालतको सम्मान र पाँच वर्षका लागि जनताले दिएको अमूल्य मतलाई कदर गर्दै उभिएको हुँ । नेपाली कांग्रेसलाई भोट हालेको होइन । दुईपटक संसद् विघटन गर्दा पनि सच्चिन्छन् कि भनेर त्यतै उभिइरहेको थियाैं । साइबर स्यालहरूले मलाई लालगद्दार भने छन् । मैले केही गद्दारी गरेको छैन । गद्दारी त लामबद्ध भएर सर्वोच्च अदालतमा आफ्नै पार्टीको सरकार ढाल्न सहयोग गर्ने अहिले केपी ओलीको साखिल्लाे भएर काम गरिरहेका हुन्,’ उनले भने ।

आफूहरूले पार्टी फुटाएको नभई विद्रोह गरेको मन्त्री श्रेष्ठले दाबी गरे । उनले एकीकृत समाजवादी सच्चा पार्टी बनाएको जिकिरसमेत गरे । जिल्लाबासीको प्रतिष्ठा उच्च हुने गरेर काम गर्ने उनको भनाइ थियाे । शुक्रबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेर कार्यभार सम्हालेका उनी शनिबार बिहानै सडकमार्ग हुँदै तनहुँ हिँडेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट