2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-भारत सुरक्षा बैठक: दुर्गा विसर्जनमा अप्रिय घटना हुन नदिन २४ घण्टा सीमा बन्द

असोज २९, काठमाडौं | भारतको सिद्धार्थनगर जिल्लास्थित नौगढमा नेपाल र भारतबीच सुरक्षा बैठक सम्पन्न भएको छ ।

जिल्लास्तरीय सुरक्षा बैठकमा नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम दीपक मिणाले नेतृत्व गरेका थिए ।    

बिहीबार कपिलवस्तुको सिमावर्ती भारतीय जिल्ला सिद्धार्थनगरस्थित नौगढमा सम्पन्न इण्डो-नेपाल  जोइन्ट बोर्डर कोर्डिनेसन मिटिङमा २४ घण्टा सीमा बन्द गर्ने निर्णय भएको छ ।

बडादसैँ (दशहरा)को अवसरमा दुर्गा पूजाको मूर्ति विसर्जनको क्रममा दुवै पक्षको शान्ति सुरक्षालाई मध्यनजर गरी शुक्रबार (आज) र शनिबार (भोलि) गरेर २४ घण्टासम्म नेपाल भारत बोर्डरबाट हुने मानिसको आवतजावतमा नियन्त्रण गर्ने सहमति भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । उनकाअनुसार सीमा क्षेत्रमा मदिरा विक्रीवितरणमा रोक लगाउने विषयमा छलफल भई समझदारी भएको छ ।


बैठकमा सीमा अपराध, लागुऔषध ओसारपसार, अवैध हातहतियारको ओसारपसार, मानव बेचबिखन, भारतबाट नेपाल आउने नेपालीहरुलाई विशालु औषधि खुवाई लट्ठ्याएर पैसा लुट्ने प्रवृति, नेपाली यात्रुलाई गर्ने व्यवहारका विषय, पशुपंक्षीको अवैध कारोवार, नक्कली नोटको कारोवार, चोरीका सवारी साधनको नियन्त्रणलगायतका विषयमा अनौपचारिक छलफल भएको प्रहरीले जनाएको छ ।

बैठकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी पाण्डेसहित प्रहरी प्रमुख दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपाल २८ नं गण हेडक्वाटरका प्रमुख स.प्र.उ ध्रुवबहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय कपिलवस्तु प्रमुख उपअनुसन्धान निर्देशक योगेन्द्र केसी सहभागी थिए ।

त्यसैगरी भारतका तर्फबाट सिद्धार्थनगर जिल्लाका डीएम मिणासहित एसपी यशवीर सिंह, एसएसबी कमाण्डेन्ट अमित सिंहलगायत भारतीय सीमावर्ती प्रहरी प्रमुखहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ मुलुक निर्माणका लागि कहिलेकाहीँ अप्रिय निर्णय पनि गर्नुपर्छ: अर्थमन्त्री वाग्ले