2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस प्रधानन्यायाधीशको राजीनामा र महाभियोगको पक्षमा छैन: भट्टराई

कात्तिक ९, काठमाडौं | नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन् ।

‘हाम्रो बैठक पनि बसेको छैन । पार्टीले महाभियोगको बारेमा छलफल नै भएको छैन,' रिपोर्टर्स क्बलमा उनले भने, न्यायालयको झगडा छताछुल्ल हुनुहुँदैन । बरु, न्यायालय पुनर्संरचना गर्नुपर्छ ।’ उनले न्यायालयको पुनर्संरचनाको कुरा उठाउनुको कारण भने प्रधानन्यायाधीशले मात्रै नभएर बरु सबै न्यायाधीशले राजीनामा दिनुपर्ने रहेकोतर्फ संकेत गरेका छन् । 

उनले भने, ‘केही दिनदेखि न्यायालयको विषयमा प्रश्न उठेका छन् । न्यायालय सबैले विश्वास गर्ने हुनुपर्छ । यसको प्रतिष्ठा राम्रो हुनुपर्छ । न्याय पद्धती पारदर्शी हुनुपर्छ भन्ने हाम्रो भनाइ रहँदै आएको छ । यसमा हामी अहिले पनि त्यही धारणा राख्छौं । न्यायालयको स्वतन्त्रता, निश्पक्षताप्रति हामी प्रतिबद्ध छौं ।’


प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग लगाउनेबारे कांग्रेसको धारणा के हो भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यो विषयमा दलहरु निश्चित रुपमा सहमत भएर अघि बढ्नुपर्छ । यो पाटोमा अहिले नै प्रवेश गर्नुपर्छ भन्ने लाग्दैन । यो विषयमा हाम्रो पार्टीले दृष्टिकोण निर्माण गरेको छैन् । अहिले न्यायाधीशहरुले इजलास बहिष्कार गर्नुभयो, यो नौलो घट्ना हो । यो नीति र दल विशेषको कुरा होइन । सर्वोच्च अदालतको पुनर्संरचना र न्यायालयको पुनर्संरचना आवश्यक छ । यो घट्नाक्रमले पनि यो संकेत गरेको छ । न्यायलयलाई सक्षम बनाउन, विश्वास जगाउन, न्यायमा शुद्धता दिनको निम्ति दलहरुले अब सोच्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै