2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अन्तिम लडाइका लागि तयार रहनुस्’

कात्तिक ९, काठमाडौं | लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश शिक्षा, विकास र स्वास्थ्यमा पछाडी परेको बताएका छन् ।  सर्लाहीस्थित बरहथवामा आयोजित दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशीलाई संविधानले न्याय नदिएको बताएका छन् । 

'यो संविधान हाम्रो पक्षमा छैन, म सधै सन्तुलित संविधानको माग गरिरहेको छु,' उनले भने । उनले आउँदो निर्वाचनमा मधेशी जनतालाई आफ्नो भोट मधेशको पक्षमा दिन आग्रह गरेका छन् । 

'हामी हनुमान हौं । किनकी हामीलाई हाम्रो शक्तिको महसुस छैन,' उनले भने, 'अब हाम्रो भोट हाम्रै लागि प्रयोग हुनुपर्छ ।' उनले विशेषत नागरिकताको समस्यामा सरकारले बेवास्ता गरिरहेको आरोप लगाएका छन् । 

सोही कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनता नयाँ आन्दोलनको लागि तयार भएर बस्न भनेका छन् । 'अब कांग्रेस र कम्युनिष्टलाई भोट गरेर हाम्रो समस्याको समाधान हुदैन,' उनले भने, 'अब हामी अन्तिम संघर्षको लागि तयार हुनुको विकल्प छैन ।' उनले मधेशीसँगै आदिवासी, दलित, जनजाती, थारुलाई आफ्नो हक अधिकारको लागि आन्दोलनका लागि तयार रहन आग्रह गरे । 

'अब देशमा अन्तिम लडाई अर्थात् आन्दोलन गर्ने समय आइसकेको छ,' नेता महतोले भने । उनले मधेश आन्दोलनको बेला जेल परेकाहरू अझै केही जेलमै रहेको गुनासो गर्दै सरकारले नियतवस नछोडेको आरोप समेत लगाए । 

'राजनीतिक मुद्दामा आन्दोलन भयो तर हाम्रो दाजुभाइ अझै जेलमा हुनुहुन्छ,' उनले भने । उक्त कार्यक्रममा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोसँगै पूर्व मन्त्रीहरू अनिल झा, चन्दा चौधर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै