2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्ली इलेक्सन होइन, तीन तहकै चुनाव एकै पटक: माधव नेपाल

कात्तिक १२, पोखरा | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन् ।

‘एमालेको त भविष्य खत्तम । एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ । त्यहाँ बस्ने मान्छेको बेहाल । जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिन्छ,’ उनले भने, ‘एमालेमा बस्नेहरुको हरिविजोग हुनेवाला छ । त्यसको भविष्य नै छैन । टर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले ? केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।’

नेपालले प्रधानन्यायाधीश र न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै महाभियोग लाउने कुरा सम्भव नभएको बताए । ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रसंशा दुनियाँले गरेको छ । त्यसपछि जेठ ७ गते उही प्रधानमन्त्रीले दुष्साहस गर्नुभयो । त्यसविरुद्ध पनि उहाँहरु उभिनुभयो,’ उनले अघि थपे, ‘विरोध गर्ने केपी ओली र तिनका हनुमान बाहेक अरुले गर्दैन । तिकडम गरेर सबैको राजीनामा माग्ने गलत काम हो । समाजका सबैको हुर्मत लिने, केपी ओलीको कामै त्यही हो ।’


पोखरामा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सबैखाले निर्वाचन एकै पटक गर्न प्रस्ताव गरेका छन् । ‘अर्ली इलेक्सन किन गर्नुपर्‍यो ? बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकै पटक गर्न पर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नी । हामी सल्लाह गर्छौं, मिल्छ भने त्यहि बाटोमा किन नजाने ?’

उनले तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने तर चुनावसम्म पाँच दलीय गठबन्धन कायम रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते