2026-07-11 07:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री बेलायतबाट फर्किए लगत्तै नागरिकता ऐन पारित हुने प्रचण्डको दावी

कात्तिक १३, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवा बेलायतबाट फर्किए लगत्तै नागरिकता ऐन पारित हुने बताएका छन् । 

प्रचण्डले शनिबार सर्लाहीमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्ने बताए ।

प्रचण्डले  भने 'सबै प्राविधिक कुरा म अहिले भन्दिन । प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिनेछ । यो गठबन्धनले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्यो भन्ने प्रमाणित गरिनेछ ।' 

हाल प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा छन् । उनी कात्तिक १८ गते स्वदेश फर्किदैछन् । नागरिकता ऐन पारित हुन नसक्दा संविधान अनुसार जन्मका आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् । यो समस्या मधेसमा धेरै छ ।

आफूहरुले केपी शर्मा ओली नेतृत्वको सरकारकै बेलामा नागरिकता ऐन पारित गर्न खोजे पनि सम्भव नभएको प्रचण्डले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट