2026-07-11 07:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको दाबी: राज्यका तीनवटै अंगबाट सन्तोष गर्ने ठाउँ छैन

कात्तिक १७, काठमाडौं | पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विवेकको फैसला जनताले गर्ने बताएका छन् । मानिसको विवेकलाई सत्य र इमान्दारिताका रूपमा परिभाषित गर्दै श्रेष्ठले यसमा अडिग रहे कहीँ पनि चुक्ने अवस्था नआउने बताए ।

वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको 'कल्याण श्रेष्ठ क्षमता भएर पनि विवेक नभएको मान्छे' भन्ने टिप्पणीकाे जवाफ फर्काउँदै श्रेष्ठले विवेकको विषयमा आफूले दाबी नगर्ने बताए ।

'मेरो विवेकमा प्रश्न आएको छ । विवेकमा प्रश्न गर्ने कोही कोही निस्केको छ । म विवेकमा दाबी गर्दिनँ । म विवेकशील मान्छे हुँ भनेर धेरै ठूलो दाबी गर्दिनँ',  बुधबार काठमाडाैँमा आयोजित पुस्तक विमोचन कार्यक्रममा श्रेष्ठले भने, 'मैले जिन्दगीमा गरेका निर्णयहरूमा कति विवेक पुग्यो होला, पुगेन होला, त्यो जनताकाे माझमा छ, जनताले नै निर्णय गर्न सक्छ ।'

विवेकको विषय धेरै ठूलो दाबी गर्ने विषय आफूलाई नलाग्ने उनको भनाइ छ । 'विवेकको सवालमा सकेसम्म विवेकशील अभ्यास गर्ने हो । विवेकको दाबी गरेर स्वामित्व ग्रहण गर्ने विषय होइन । विवेकमा शंकराचार्य चुडामणिको कुरा गर्नुपर्छ । विवेकमा चाहिने सत्यको सार्वभौमिकता हो । सत्यको सार्वभौमिकतालाई मनन गर्दै निर्णय गर्न सक्नुभयो भने तपाई चुक्नुपर्ने कुनै ठाउँ हुँदैन,' उनले भने ।  

विवेक सत्य र सार्वभौम भएकाले विवेकको अनुशीलन र प्रयोग गर्ने भनेको सत्यको अनुशीलन गर्ने भएकोझ उल्लेख गरे । त्यसमा कति इमान्दार ढंगले काम गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको धारणा छ ।  

कार्यक्रममा पूर्वप्रधानन्यायधीश श्रेष्ठले आज राज्यका तीनै अंगमाथि अविश्वास र वितृष्णा बढेको बताए । 'आज कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका कतै पनि सन्तोष गर्ने ठाउँ छैन । तीनै तहका सरकारमा हेर्‍यो भने समस्या ग्रस्त देखिन्छ । संविधान त राम्रै बनाएको भनेको हो । राम्रो बनाएको संविधानको राम्रो भोग हुनुपर्‍यो नि । । राम्रो कानुन, राम्रो नतिजा हुनुपरयो नि,' उनले भने ।

राम्रो देखाउन संविधान नलेखेको भन्दै उनले राम्रो भोग देखाउन लेखेको बताए । 'कार्यान्वयन गर्न लेखेको हो । खै गरेको ? दलहरुले जवाफदेहिता देखाउनुपर्दैन ?' उनले प्रश्न गरे । दलहरुले आफ्नो अहमियत बढाउन जनतालाई दास बनाएको भन्दै उनले आलोचना गरेका थिए । प्रजातन्त्रमा दलभन्दा जनता महत्वपूर्ण भन्दै अहिले जनताभन्दा दल नै प्रजातन्त्र मानिन थालेकोमा चिन्ता व्यक्त गरे ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट