2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिगमनकारी सल्बलाउँदै छन्ः अर्थमन्त्री शर्मा

कात्तिक २७, पोखरा | अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमन केही परास्त भए पनि सल्बलाउन नछोडेको बताएका छन् । पोखरामा प्रेस सेन्टर गण्डकीको अधिवेशनलाई उद्घाटन गर्दै उनले संविधान च्यात्न खोज्नेहरु हाबी हुन लागेको बताए । ‘प्रतिगमन गर्नेहरु, संविधान च्यात्न खोज्नेहरु, उपलब्धि उल्ट्याउन खोज्नेहरु गठबन्धनका कारण केही हदसम्म परास्त भएका छन्,’ उनले भने, ‘तर फेरि उनीहरु सल्बलाइरहेका छन् । त्यस्ता शक्तिलाई परास्त गर्न प्रेस जगतले कलम चलाउनुपर्छ ।’

कांग्रेसको नेतृत्वमा बनेको ५ दलीय गठबन्धन सत्ता प्राप्तिका लागि नभई संविधानको रक्षाका लागि भएको उनको दाबी छ । ‘प्रतिगमनविरुद्ध आन्दोलन गरेर जुन गठबन्धन भएको छ, यो गठबन्धनको तात्पर्य सरकारमा सहभागी हुनेमात्र कुरा होइन । संविधानको रक्षा गर्ने कुरा हो, परिवर्तनको रक्षा गर्ने र संविधान कार्यान्वयन गर्ने कुरा हो,’ उनले भने ।

शर्माले लोकतन्त्रको पक्षमा एकीकृत हुन आग्रह गरे । ‘बचनले होइन, कर्मले लोकतन्त्रको सेवा गर्नुपर्छ । बचनले लोकतन्त्रका कुरा गर्ने, कर्मले प्रतिगमन गर्ने तत्वहरु छन् । त्यसकारणले काम र व्यवहारले लोकतन्त्रको पक्षमा उभिनुपर्छ,’ उनले थपे, ‘राज्यसत्ता र सरकारका कामले संविधानलाई च्यात्ने प्रयास गर्छन् भने सबै साथीहरु आन्दोलनमा जानुपर्छ । जनचाहना र लोकतन्त्र विपरीत हुने काममा खबरदारी गरिनुपर्छ ।’


उनले उत्पादन, रोजगारी र समृद्धिको अभियानलाई साथ दिन पनि आग्रह गरे । माओवादी अध्यक्ष प्रचण्डको विचारले अहिले पनि देश अगाडी बढिरहेको उनको तर्क  छ ।  ‘वर्ग संघर्षदेखि जनयुद्ध हुँदै शान्ति प्रक्रियामा रुपान्तरण भएर गणतन्त्र ल्याउनेसम्मको नेतृत्व नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष प्रचण्डले गर्नुभएको हो । ती उपलब्धी रक्षा गर्ने काम पनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डले नै गरिरहनुभएको छ,’ उनी भन्छन्, ‘यसमा गिरिजाप्रसादको पनि भूमिका र योगदान छ । मैले भनेका कुरा माओवादीको होइन, राष्ट्रको कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते