2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कांग्रेस अछाममा चार प्रदेश सभापतिका लागि ११ जना चुनावी मैदानमा

कल्पना बोहरा | मङ्सिर १, अछाम | नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हुने प्रदेश, क्षेत्रीय र जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चुनावी चहलपहल तीव्र रूपमा अघि बढेको छ ।   देशव्यापी रूपमा नेता तथा कार्यकर्ताहरू पार्टी भित्र अन्तर संघर्षको दौडधुपमा लागेका छन् ।

अछाममा कांग्रेसका शीर्ष नेताहरूदेखि सामान्य कार्यकर्ताहरू आफ्नो पक्षमा भोट माग्न थालेका छन् । जिल्लाका दुबै निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताहरू भोट माग्न व्यस्त देखिन थालेका हुन । ३ मंसिरमा  प्रदेशसभाको चुनावका लागि प्रदेशका उम्मेद्‌वारहरू भोट माग्न व्यस्त छन् । दुईवटा निर्वाचन क्षेत्र गरी चारवटा प्रदेशसभा क्षेत्र रहेको अछाम जिल्लामा ११ जना उम्मेद्‌वार छन् ।

निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावी दौडमा 

अछामको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा (क) का लागि दुईजना चुवावी दौडमा  छन् । साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) का लागि महेश खड्का र गोकुल भाट चुवानी दौडमा होमिएका छन् ।

नेपाली कांग्रेस साँफेबगर नगर कार्यसमिति सभापति रहेका भाट र चौरपाटी गाउँपालिकाबाट क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमिति सदस्य रहेका खड्काका बीच प्रतिस्पर्धा हुने भएको हो ।

क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) का लागि पाँच जना चुनावी दौडमा छन् । रामारोशन गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) का लागि युवा नेता डम्बर स्वाँर, चन्द्र प्रकाश देवकोटा, पदम शाह, पदम खड्का र कमल खनाल चुवानी दौडमा होमिएका हुन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट चुनावी दौडमा 

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (क) को सभापति पदका लागि दुई जनाबीच प्रतिस्पर्धा हुने भएको छ । विनायक पञ्चदेवल नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र तुर्माखाँद गाउँपालिका मिलेर बनेको प्रदेश सभा (क) को सभापति पदका लागि युवा नेता ताराप्रसाद खनाल र कर्णबहादुर बुढा चुवानी दौडमा होमिएका छन् ।

यस्तै प्रदेश सभा (ख) का लागि पनि दुई जना चुनावी दौडमा छन् । मंगलसेन नगरपालिका, कमलबजार नगरपालिकाको केही भाग र ढकारी गाउँपालिका मिलेर बनेको प्रदेश सभा (ख) मा युवा नेता रवीन्द्रबहादुर शाही र पूर्ण रावलबीच प्रतिस्पर्धा हुने भएको छ ।

९१ वडा रहेको अछाममा क्षेत्र नम्बर १ का ४२ वडाबाट र क्षेत्र नम्बर २ का ४९ वडाबाट चुनिएका एक हजार ५६७ क्षेत्रीय प्रनितिधि मतदाताका रूपमा रहेका कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते