2026-06-16 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशनमा प्रतिनिधिलाई छाकैपिच्छे मासुका थरि थरि आइटम (मेनु सहित)

कुलप्रसाद काफ्ले | मङ्सिर ४, चितवन | नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन १०–१२ मंसिरसम्म चितवनमा हुँदै छ । महाधिवेशन मिति नजिकिएसँगै महाधिवेशन व्यवस्थापन र प्रचारप्रसारलाई तिव्र बनाइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन सत्र हुनेछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र हुनेछ ।

बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूका लागि होटेलका ३५ सय बेड बुकिङ गरिएको छ । बन्द सत्र हुने होटल सेभेन स्टारमा तीन छाक खानाको व्यवस्था गरिएको छ भने अन्य दुई छाक खाना प्रतिनिधि बस्ने होटलमै व्यवस्था हुनेछ । ११ मंसिर बिहान र बेलुका र १२ मंसिर बिहानको खाना होटल सेभेन स्टारमा उपलब्ध हुनेछ ।

१० मंसिर बेलुकी एमाले अध्यक्ष केपी ओलीको तर्फबाट विशेष खानाको व्यवस्था गरिएको छ । १२ मंसिर बेलुकीको खाना महाधिवेशन प्रतिनिधि बस्ने होटलमै व्यवस्थापन हुनेछ । उक्त खानाको परिकार तयार पार्नका लागि सोल्टी र हायात होटलबाट अनुभवी सेफ ल्याउने तयारी भएको छ ।  

सेभेन स्टार होटल सौराहाका सञ्चालक माधव दवाडीका अनुसार तीन छाकमा १०-१० प्रकारका खानाको व्यवस्था हुनेछ । हरेक छाकमा खसीको मासु, कुखुराको मासु र माछा हुनेछ । पहिलो छाकमा सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल रहने छन् । 

दोस्रो छाकमा सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना हुने सञ्चालक दवाडीले जानकारी दिए ।

अन्तिम तथा तेस्रो छाकमा भने सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई रहने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ