2026-07-11 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशनमा कुन दलबाट को-को सहभागी हुँदैछन् ?

2021-11-25

मंसिर ९, काठमाडौं। एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न पार्टीका शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने तय भएको छ। एमालेले संघीय संसदमा प्रतिनिधित्व गर्ने सात वटा राजनीतिक दललाई उद्घाटन समारोहमा निम्तो गरेको थियो।

पार्टी स्रोतका अनुसार महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित हुने निश्चित भइसकेको छ। यसै गरी, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि आफूहरू आउने जानकारी गराएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि कार्यक्रममा सहभागी हुने निश्चित गरेको पार्टीद्वारा आज आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिइयो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने/नआउने टुंगो दिएका छैनन् भने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई निम्ता गरिएको छैन। प्रचण्ड नआएको खण्डमा उनले प्रतिनिधिको रूपमा अर्को नेतालाई पठाउने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट