2026-09-12 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

डेढ वर्षपछि मधेश सहिद प्रतिष्ठानमा पदाधिकारी नियुक्त

मंसिर ९, जनकपुरधाम |  प्रदेश २ सरकारले मधेश सहिद प्रतिष्ठान गठन भएको डेढ वर्षपछि का पदाधिकारीहरुको नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले दुई जना मधेश आन्दोलन र दुई जना सशस्त्र जनयुद्धको सहिद परिवारलाई नियुक्ति गरेका छन् । 

रौतहटबाट सुरेन्द्रकुमार जयसवाल र सप्तरीबाट कविताकुमारी ठाकुर, सर्लाहीबाट रामनरेश राय यादव र महोत्तरीबाट शिम्पीकुमारी साहलाई नियुक्त गरेको हो । बिहीबार नियुक्त गरिएका सबै जना सहिद परिवारको सदस्य हुन् ।  

१८ माघ २०७६ साला प्रदेश सरकारले मधेश सहिद प्रतिष्ठान गठन गर्न मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सरकारले पहिला मधेश आन्दोलनको सहिदलाई मात्र सदस्यमा राख्ने व्यवस्था गरे पनि पछि माओवादी केन्द्र सरकारमा सहभागी भएपछि  सरकारले उक्त निर्देशिकालाई संशोधन गरी जनयुद्धको सहिद परिवारलाई पनि समावेश गरेको हो । 

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ । जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चार जना सदस्य र मुख्यमन्त्री कार्यालयलगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा