२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले महाधिवेशनमा प्रविधिकाे उच्च प्रयोग : मत माग्ने नौलो तरिका

२०७८, १० मंसिर शुक्रबार १०:१०

मंसिर १०, काठमाडौं, न्युज कारखाना |  नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारहरू मत माग्न प्रविधिको उच्चतम प्रयोग गरेका छन् । 

देशभरबाट आएका महाधिवेशन प्रतिनिधिलाई उम्मेदवारी घोषणा गरिसकेका र दाबेदार रहेका सम्भावित उम्मेदवारहरूले मिसकल एलर्ट, ओबीडी र बल्क एसएमएसको उच्च प्रयोग गरेका हुन् ।  

एमाले महाधिवेशनमा ओबीडी नौलो प्रयोग हो । आउट बन्ड डायलिङ भनिने ओबीडी प्रविधिमा मोबाइलमै उम्मेदवारको अडियो सुन्न सकिन्छ । भर्चुअल माध्यमबाट तयार गरिएको आफ्नो अडियो सन्देश सम्बन्धित प्रतिनिधिको मोबाइलमा अटो डायल गरी सुनिने व्यवस्थासहित सफ्टवेयर निर्माण भएर ओबीडी प्रयोगमा आएको हो ।  

एमाले महाधिवेशनमा सबैभन्दा पहिला लेखा आयोग सदस्य पदका उम्मेदवार कम्युटर इन्जिनियर सञ्जीव रोकाहाले यसको प्रयोग गरेका थिए । उनले एक घन्टी सर्भिसेस प्रालिबाट यो सेवा प्रयोग गरेका हुन् । एक घन्टी सर्भिसेसका प्राविधिक प्रदीप खड्काले योगेश भट्टराई, खगराज अधिकारीलगायत थुप्रै नेताले यो सेवा लिइसकेको न्युज कारखानालाई जानकारी दिए । 

‘यो भर्खर भर्खर सुरु भएको छ । एमालेमा सञ्जीव रोकाहाले फस्ट प्रयोगमा ल्याउनुभयो,’ उनले भने । 

पहिलोपटक प्रयोग गरेका इन्जिनियर रोकाहाले मतदाताहरुमा सहज ढंगबाट सन्देश पुर्‍याउन यो प्रविधि उपयोगी भएको बताए । ‘सबै प्रतिनिधिलाई व्यक्तिगत रूपमा फोन गर्न सम्भव भएन । त्यसैले सफ्टवेयरबाट एकैपटक सन्देश जाने प्रभावकारी माध्य भएकाले प्रयोग गरे । प्रतिनिधिहरूले यो रुचाउनुभयो । हाम्रो ट्रायलपछि अरु नेता कार्यकर्ताले पनि प्रयोग गरिरहेका छन्,’ उनले भने ।    

प्रतिनिधिहरूका अनुसार महाधिवेशनमा मत माग्न मिसकल एलर्ट, ओबीडी बल्क एसएमएसहरू आइरहेका छन् । उनीहरूको अनुभवमा यसपटक सबैभन्दा बढी सम्भावित उम्मेदवारले धेरै भन्दा धेरै एसएमएस पठाएका छन् । 

महाधिवेशन प्रचार प्रसार समितिका अनुसार उम्मेदवारहरुले डिजिटल ब्यानर र भिडियो सन्देश पनि प्रवाह गरेका छन् । आफ्नो उम्मेदवारी सामाजिक सञ्जालबाट घोषणा गर्ने क्रम पनि छ । लाइभमा आएर घोषणा गर्ने प्रयोग पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी