२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विशाल भट्टराईसँगको अन्तर्वार्ता : सर्वसम्मत नेतृत्व चयन हुनेमा ९९ प्रतिशत ढुक्क हुनुहोस्

२०७८, ११ मंसिर शनिबार ०६:४४

मंसिर ११, काठमाडौँ | एमालेको १०औं महाधिवेशनको बन्दसत्र तयारी, विधान संसोधन, सहमति प्रयासलगायतका विषयमा चितवनमा रहेका एमाले सचेतक विशाल भट्टराईसँग न्युज कारखानाले गरेको संक्षिप्त कुराकानी :

महाधिवेशनको बन्दसत्र कसरी हुँदैछ?

हाम्रो महाधिवेशन अलि पृथक् तरिकाले चलिरहेको छ । विधान र नेतृत्व महाधिवेशन छुट्टै गरेको पहिलोपटक भएकाले पनि यो नौलो प्रयास हो । 

१५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधि र नीति पारित गरिसकेको छ । अब यो महाधिवेशनबाट विधि र नेतृत्व कार्यान्वयन गर्ने नेतृत्व चयन गर्दैछौं । बन्दसत्रमा अध्यक्षमण्डल हुन्छ । अध्यक्ष केपी ओली र नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतको ११ सदस्यीय अध्यक्षमण्डल छ । 

त्यसैगरी हामीले माइन्युट कमिटी पनि बनाएका छौं । कार्यक्रम अध्यक्षमण्डलले सञ्चालन गर्छ । अध्यक्षमण्डलले नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग भएको घोषणा गरेपछि १०औंको नेतृत्व चयन प्रक्रिया सुरु हुन्छ । 

गोदावरीबाट पारित विधान त संशोधन हुने भयो हैन? 

विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशनले आवश्यक रूपमा विधान संशोधन गर्ने व्यवस्थाअनुरूप केही हेरफेर गरिएको हो । चुस्त कमिटी नै बनाउँछौं । धेरै ठूलो बनाउँदैनौं । 

पदाधिकारीको व्यवस्था संशोधन भए पनि ७० वर्षे उमेरहद कडाइका साथ लागू गर्छौं । पदाधिकारीमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि यथावत् छ । यो संशाेधन पनि विधान विधानअनुसार हुँदै छ । 

सर्वसम्मत नेतृत्व चयनको सम्भावना कति देख्नुहुन्छ ? 

अध्यक्षसहित वर्तमान केन्द्रीय कमिटी नै सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छ । हामी अधिकतम लचकताका साथ नेतृत्वमा सर्वसम्मतिको प्रयासमै छौं । २३ सय चार जना प्रतिनिधि सबै केन्द्रमा अटाउने कुरा हुँदैन । त्यसैले धेरैको त्याग भयो भने सम्भव छ । वडा, पालिका, जिल्ला हुँदै प्रवासका कमिटीसमेत सर्वसम्मत नेतृत्व चयन गरेर आएका छन् । केन्द्रले यसको अनुशरण गर्छ नै । 

सर्वसम्मतिकै लागि विधान संशोधन गरौं भनेर बन्दत्रमा प्रस्ताव लैजाँदै छौं । पदाधिकारी थप्न प्रस्ताव राख्यौं । अध्यक्षलाई अधिकार दिउँ भनेर प्रस्ताव गर्‍याै । केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।  

सर्वसम्मत नेतृत्वको सम्मुखमा छौं । चुनावमा जाँदैनौं । कदाचित सर्वसम्मत भएन र चुनाव भयो भने लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ । यसमा एमाले अनुभवी छ । दुवै विकल्पका लागि तयार छौं । तर ९९ प्रतिशत सर्वसम्मतको सम्भावना छ । केन्द्रीय कमिटी सदस्यको पनि सर्वसम्मत गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौं । आयोगमा पनि सर्वसम्मत गर्ने प्रयासमा छौं ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ