2026-07-11 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ कांग्रेस अधिवेशन : सभापति पदमा ५१ प्रतिशत मत नआएपछि पुनः मतदान

2021-11-28

मंसिर १२, बागलुङ, न्युज कारखाना | नेपाली कांग्रेस बागलुङको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा सहभागी कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त नगरेपछि पुनः मतदान सुरु भएको छ । 

कांग्रेसको विधान २०१७ (संशोधनसहित) १२ (५) सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ प्रावधान छ ।

निर्वाचनमा सहभागी जगदीशचन्द्र उपध्याय, जीत शेरचन र द्रोण कुँवर पहिलो चरणको निर्वाचनमा सहभागी भएका थिए ।  मुख्य निर्वाचन अधिकृत विष्णुुप्रसाद शर्माका अनुसार उपाध्यायले सात सय ९०, शेरचनले ६ सय ८६ र कुँवरले एक सय ६४ मत प्राप्त गरेका छन्। शनिबार सम्पन्न पहिलो चरणको निर्वाचनमा कुल एक हजार ६ सय ८५ मत खसेको थियो ।  

विधानअनुसार सभापति पदको पहिलो चरणको निर्वाचनमा कसैले पनि पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवार बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर, पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा, बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तीन जना उम्मेदवार भएको हुँदा पुनः मतदान गर्नुपरेको मुख्य निर्वाचन अधिकृत शर्माको भनाइ छ । 

दोस्रो चरणको निर्वाचनमा सभापतिको उम्मेदवाार द्रोण कुँवरले सभापतिका अर्का उम्मेदवार जित शेरचनलाई सहयोग गर्ने घोषणा गरेका छन् । सभापतिका उम्मेदवार उपाध्याय कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, शेरचन पार्टी सभपति शेरबहादुर देउवा र कुँवर पनि देउवा निकट हुन् । 

अन्य पदाधिकारीको भने मतदान सम्पन्न भएको छ । आइतबार सभापतिका लागि मतदान भएपछि मात्रै अन्य मतगणना सुरु हुनेछ । अधिवेशनमा उपसभापतिमा उपाध्यायको समूहबाट नारायण शर्मा र तारानाथ पौडेल, शेरचन समूहबाट खिमानन्द पौडेल र सागर छन्त्याल तथा स्वतन्त्र रूपमा महेन्द्र आचार्य र पूर्णबहादुर पौडेल निर्वाचनमा सहभागी भएका छन् । सचिवका लागि उपाध्याय समूहबाट हरिहर शर्मा र कृष्ण केसी, शेरचन समूहबाट चिरन्जिवी गौतम र गण्डकी थापा निर्वाचनमा सहभागी छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस