2026-07-11 11:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

कांग्रेस बागलुङ सभापतिमा शेरचन

2021-12-01

मंसिर १५,  बागलुङ | नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका उम्मेदवार शेरचनले आठ सय ७३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचिन भएका हुन् ।

उनका प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायले ७६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच मतदान हुँदा कसैले पनि विधानले व्यवस्था गरेअनुसार ५० प्रतिशत बढी मत नल्याएपछि पुनः मतदान भएको थियो ।

कांग्रेस विधान २०१७ (संशोधनसहित) अनुसार पहिलो चरणको निर्वाचनमा सभापतिका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्ने उल्लेख छ ।

दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार सभापति हुने व्यवस्थाअनुसार शेरचन दोस्रो चरणको निर्वाचनबाट सभापति बनेका हुन् । पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार द्रोण कुँवरले दोस्रो चरणको निर्वाचनमा शेरचनलाई सघाएका थिए ।

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन् । छन्त्यालले सात सय ८७ र पौडेलले सात सय ४७ मत प्राप्त गरे । जिल्ला सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन प्यानलबाट गण्डकी थापा अधिकारी निर्वाचन भएका छन् । सहसचिवमा  फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस