२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव नेतत्वको नेकपा फुट्यो

२०७८, १५ मंसिर बुधबार १०:५४

मंसिर १५, काठमाडौं | नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विभाजन भई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरिएको छ। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिइएको छ।

नेपाली क्रान्तिको रक्षा गर्दै श्रमजीवि वर्गको मुक्तिका लागि गठन भएको विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको भन्दै पूर्णत असफल भएको नवगठित क्रान्तिकारीले धारणा राखेको छ।

कार्यक्रममा बोल्दै प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको जानकारी दिए।

उनले विप्लव नेतृत्वको नेकपा पूर्णरुपमा असफल भएको आरोप लगाउदै भने, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमत संग्रह नामको चुनावमार्फत बैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेर पुर्णत असफल भैसकेको छ ।’

उनले फेरी क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरि क्रान्तिलाई फेरी नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको जिकिर गरे। शहिदहरुको बलिदान र वर्गसंघर्षको भट्टीबाट पुनः क्रान्तिको झण्डालाई फहराउँदै नयाँ इतिहास रच्ने र सहिदका सपना पुरा गर्ने प्रतिबद्धता सहित पार्टी गठन गरिएको उनको भनाई थियो।

नेपालमा अझै क्रान्ति बाँकी रहेकोले जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै उत्पादन सहितको ‘शसस्त्र जनविद्रोह’ मार्फत् पुनः क्रान्तिकारीहरुकौ एकता र ध्रुवीकरण गर्दै समाजवादी राज्य स्थापना गर्नु पार्टीको कार्ययोजना रहेको समेत केन्द्रीय सदस्य गोपालीले स्पष्ट पारे।

उनले नेपाल कम्युनिष्ट पार्टीको ७२औं लामो इतिहासमा सयौं कम्युनिष्ट पार्टीहरुको उदय भएपनि जडसुत्रवाद र काल्पनिक कार्यदिशा बोकेर राष्ट्रघात, वर्गघात र जनघात गरेको समेत उनले आरोप लगाए। उनले २०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुंदेमार्फत् केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेईमानी र जालसाजीको संज्ञा दिए।

वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमत संग्रहबाट आउने नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्न पर्ने उनले धारणा राखे। पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आएको भन्दै उनले पार्टीको ३ पेज लामो अवधारण पत्र पढेर सुनाएका थिए।

नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाईएको छ। त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटि सचिवालय गठन गरिएको छ। आत्मसमर्पणवाद, पलायनवाद, आत्मसुरक्षावाद र विर्सजनवादविरुद्ध शसक्त संषर्ष गर्दै उत्पादनसहितको सशस्त्र जनविद्रोहलाई नयाँ उचाईमा उठाउनको लागि उक्त पार्टीले अपिल गरेको र सोही नारा बोकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ