2026-07-11 11:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्दरहरैँचा र रतुमाईका मेयर कांग्रेस सचिवमै पराजित

2021-12-02

मंसिर १६, विराटनगर, न्युज कारखाना | नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भएको चुनावमा दुई मेयर पराजित भएका छन् । सचिव पदमा दुई मेयर पराजित भएका हुन् । सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् । 

सचिवमा संस्थापन समूहबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले एक हजार ८४ मत प्राप्त गरे भने संस्थापनइतर समूहबाट बागी उठेका  रतुवामाई नगरपालिकाका मेयर राईले ४५५ मत मात्र प्राप्त गरेका छन् । 

जिल्ला सचिवमा संस्थापनइतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  घिमिरेले एक हजार २३५ मत प्राप्त गरे भने श्रेष्ठले एक हजार ५६९ मत प्राप्त गरे ।

जिल्ला उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए । कोइरालाले एक हजार ९४० मत पाएका थिए भने थारूले एक हजार ३४३ मत मात्र प्राप्त गरे । सहसचिवमा भुवनेश्वर मण्डल र सञ्जयकुमार मण्डल निर्वाचित भएका छन् ।

सभापतिका संस्थापन इतरका डिकबहादुर लिम्बूले सभापतिमा जितेका छन् । सभापतिमा संस्थापन पक्षका दिलीप गच्छदारलाई हराउँदै लिम्बू विजयी  बनेका थिए ।

 गत १२ मंसिरमा  भएको चुनावमा उठेको लिम्बू ,गच्छदार र यदु बिष्टले ५१ प्रतिशत मत नल्याएपछि १४ गते पुनः चुनाव भएको थियो । अन्य पदाधिकारी तथा सदस्यहरूको भने १२ गते आइतवार चुनाव भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस