४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्रजी, तपाईं रेडियोमा फर्किनुस् : पञ्चा सिंह

१९ मंसिर २०७८, आईतवार ११:२०

मंसिर १९, काठमाडौं | अखिल (क्रान्तिकारी)  अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छन्। आइतबार अखिल (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएकी हुन्।

सडकको मोर्चा खाली देखेर मण्डलेहरु सलबलाउन खोजेको भन्दै नेतृ सिंहले अहिले पनि सडकको मोर्चा विद्यार्थीहरुले समालिरहेको दावी गरिन्।

उनले भनिन्, ‘सडक खाली छैन, सडकमा अखिल (क्रान्तिकारी) छ, नेबिसंघ छ, अखिल र समाजादी विद्यार्थी यूनियनसहित दर्जनौं विद्यार्थी संगठन अहिले पनि मैदानमै छ।’

मुलुकको पौने एक करोड विद्यार्थीको संगठनहरुको तागतलाई कम नआक्न नेतृ सिंहले चेतावनी दिइन्। ‘रविन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानर अघि उभिएर हाम्रो आन्दोलन र परिवर्तनविरुद्ध बकबक गरेछन्, म चेतावनि दिन चाहन्छु दरबारलाई ढालेर आएको यो दरबारका भारदार र सेवकहरुले नजिस्काउन्,उनले भनिन्।

विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग लडेको इतिहास पढ्न उनले  मिश्रलाई सुझाव दिइन्। विद्यार्थी संगठनसामु मिश्रका दरबारिया मालिकहरुले घुडा टेके, तर संगठनलाई प्रतिबन्ध गर्न सकेनन् भन्दै उनले प्रश्न गरिन् मिश्रहरुले कसरी यो आन्दोलन र संगठनलाई खारेज गर्न सक्छन ?

अध्यक्ष सिंहले भनिन्,‘म मिश्रजीलाई हार्दिकता पूर्वक रेडियोको काममा फर्कन सुझाव दिन्छु,रविन्द्र मिश्र जस्ता अनुभवि रेडियोकर्मीको त्याहाँ खाँचो छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’