२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवीन्द्रजी, तपाईं रेडियोमा फर्किनुस् : पञ्चा सिंह

२०७८, १९ मंसिर आईतवार ११:२०

मंसिर १९, काठमाडौं | अखिल (क्रान्तिकारी)  अध्यक्ष पञ्चा सिंहले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रलाई तागत भए विद्यार्थी राजनीतिमाथि रोक लगाएर देखाउन चुनौती दिएकी छन्। आइतबार अखिल (क्रान्तिकारी) पद्यकन्या बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएकी हुन्।

सडकको मोर्चा खाली देखेर मण्डलेहरु सलबलाउन खोजेको भन्दै नेतृ सिंहले अहिले पनि सडकको मोर्चा विद्यार्थीहरुले समालिरहेको दावी गरिन्।

उनले भनिन्, ‘सडक खाली छैन, सडकमा अखिल (क्रान्तिकारी) छ, नेबिसंघ छ, अखिल र समाजादी विद्यार्थी यूनियनसहित दर्जनौं विद्यार्थी संगठन अहिले पनि मैदानमै छ।’

मुलुकको पौने एक करोड विद्यार्थीको संगठनहरुको तागतलाई कम नआक्न नेतृ सिंहले चेतावनी दिइन्। ‘रविन्द्र मिश्रले हिजो जावलाखेलको कार्यक्रममा कलेज र विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने धम्किपूर्ण नारा पोतिएको ब्यानर अघि उभिएर हाम्रो आन्दोलन र परिवर्तनविरुद्ध बकबक गरेछन्, म चेतावनि दिन चाहन्छु दरबारलाई ढालेर आएको यो दरबारका भारदार र सेवकहरुले नजिस्काउन्,उनले भनिन्।

विद्यार्थी आन्दोलनले निरंकुश सत्ताको तीन पुस्तासँग लडेको इतिहास पढ्न उनले  मिश्रलाई सुझाव दिइन्। विद्यार्थी संगठनसामु मिश्रका दरबारिया मालिकहरुले घुडा टेके, तर संगठनलाई प्रतिबन्ध गर्न सकेनन् भन्दै उनले प्रश्न गरिन् मिश्रहरुले कसरी यो आन्दोलन र संगठनलाई खारेज गर्न सक्छन ?

अध्यक्ष सिंहले भनिन्,‘म मिश्रजीलाई हार्दिकता पूर्वक रेडियोको काममा फर्कन सुझाव दिन्छु,रविन्द्र मिश्र जस्ता अनुभवि रेडियोकर्मीको त्याहाँ खाँचो छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा