पुस २०, काठमाडौँ | राष्ट्रिय सभाको बैठक आगामी पुस २५ गतेका लागि बोलाइएको छ। मंगलबार संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रियसभा अध्यक्षले पुस २५ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जनाएको छ।
यसअघि पुस ५ गते बसेको बैठक अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्नेगरी स्थगित भएको थियो।राष्ट्रियसभाको पुस ५ को बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको थियो। एमालेले लगातार संघीय संसदका दुबै सदनको बैठकमा लगातार अवरोध गर्दै आएको छ।