१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामन्त्री भुसाल र बिमस्टेकका महासचिव बीच भेटवार्ता

२० पुष २०७८, मंगलवार ११:१२

पुस २०, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले पारित गरेका ऊर्जा क्षेत्रका मुद्दालाई अगाडि बढाउने विषयमा सबै सदस्य राष्ट्रहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए। उनले सन् २०१८ मा सम्झौता भएको ऊर्जासम्बन्धी गुरु योजनाका विषयलाई प्राथमिकताका साथ अगाडि बढाउँदा सदस्य राष्ट्रलाई फाइदा हुने भएकाले त्यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने बताए ।

महासचिव लेक्फेलले भारतको ब्याङ्लोरमा स्थापना गर्ने भनिएको ‘इनर्जी सेन्टर’ स्थापना गरेर बिमस्टेककै ऊर्जासम्बन्धी माथिल्लो निकाय स्थापना गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

जवाफमा मन्त्री भुसालले बिमस्टेकस्तरीय जलविद्युत् प्रयोग र प्रवद्र्धनका विषय अन्तरसम्बन्धित रहेको बताउँदै त्यसका लागि नेपालका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न आफू तयार रहेको स्पष्ट पारिन् । जलविद्युत् क्षेत्र नेपालका लागि महत्वपूर्ण भएको बताउँदै उहाँले ऊर्जामन्त्रीस्तरीय बैठक उपयुक्त समयमा तोक्ने विश्वास दिलाइन् ।

उनले भनिन्, ‘सबै सदस्य मुलुकका लागि उपयुक्त हुने गरी नेपालले मिति तोक्छ, त्यसका लागि हामी फोकल पर्सन तोकेर काम अगाडि बढाउँछौँ ।’ सन् २०१० मा भएको मन्त्रीस्तरीय बैठकले नेपालले ऊर्जामन्त्रीस्तरीय बैठकको आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

बिमस्टेकको पाँचाै शिखर सम्मेलन आगामी ३० मार्च २०२२ मा श्रीलङ्कामा आयोजना गर्ने प्रस्ताव भएको सन्दर्भमा बिमस्टेकका महासचिव लेक्फेल नेपाल भ्रमणमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल