<p><span style="background-color: rgb(255, 255, 255); color: rgb(0, 0, 0);">पुस २५, रसुवा । नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेको सदरमुकाम धुञ्चेमा सम्पन्न आठौं जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । </span><br></p><p>तामाङ दोस्रो पटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाउनुभएको छ । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जर्नादन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्विरोध निर्वाचित हुनुभएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिनुभयो ।</p>
Related News


