२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

एमाले दैलेखमा मतदाता संख्याभन्दा ३१ मत बढी भेटिएपछि विवाद

२०७८, २८ पुष बुधबार ०७:४०

पुस २८, काठमाडौँ | नेकपा एमाले दैलेखको मतगणना स्थगित गरिएको छ। मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको संख्या भन्दा ३१ मत बढी भेटिएपछि मतगणना स्थगित गरिएको हो। एमाले दैलेखमा जम्मा मतदाताको संख्या ७२१ रहेको थियो। जसमा ७१८ मत खसेको थियो।

तर, मतगणना गर्ने बेला ७४८ मत भेटिएपछि मतगणना स्थगित गरिएको एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मीले जानकारी दिए। दैलेखमा सूर्यबहादुर शाही र रवीन्द्रराज शर्माको प्यानल चुनावी मैदानमा होमिएको थियो। अध्यक्षका दुई उम्मेदवार मध्ये कुन पक्षबाट यो सबै खाले रणनीति भएकाले आवश्यक छानबिन गरी दोषी माथि कारबाही गरिनुपर्ने एक पक्षले बताइरहेको छ भने अर्को पक्ष मौन छ।

एमाले जिल्ला तहका एक नेता निर्वाचन मण्डल भित्रकै साथीहरूले किर्ते गरेको आरोप लगाउँछन्। उनी भन्छन्, ‘३१ मात्र होइन त्योभन्दा बढी मत फर्जी देखिन्छ। यो समग्र एमालेकै लागि लज्जास्पद विषय बन्यो।’ केन्द्रीय निर्वाचन आयोगको छानबिनपछि मात्र अब थप प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो