2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन वक्तव्य जारी गर्दैछन् एमाले अध्यक्ष ओली ?

January 23, 2022

माघ ९, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले आज समसामयिक राजनीतिक सन्दर्भमा वक्तव्य जारी गर्ने तयारी गरेका छन् । स्थानीय तहको चुनाव अन्योलमा परिरहेको भन्दै आक्रामक रहेको प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले सरकारमाथि दबाब बढाउन पत्रकार सम्मेलनको तयारी गरेका थिए । तर कोरोना महामारीको संक्रमण बढ्दो भएपछि ओलीले समसामयिक विषयमा पार्टीको पोजिसन सार्वजनिक गर्न लागेको जानकारी उनका प्रेस संयोजक रामशरण बजगाईंले दिए । 

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई दिन अघि राष्ट्रका नाममा सम्बोधन गर्दै एक वर्षभित्र चुनाव गर्ने विषयलाई प्राथमिकतामा राखेको बताएका थिए । साथै कोभिडको जोखिम रोकथामको लागि सरकारले प्रभावकारी अग्रसरता लिएको दाबी गरेका थिए । तर अध्यक्ष ओलीले वक्तव्यमार्फत् प्रधानमन्त्रीको दाबीको एकपछि अर्को खण्डन गर्ने तयारी गरेका हुन् । 

ओलीले मुख्यतया यी विषयमा सरकारमाथि दबाब बढाउने तयारी गरेका छन् । 

१. सत्तारुढ गठबन्धनले स्थानीय तहको पनि चुनाव सारेर मंसिरमा एकैपटक चुनाव गराउने तयारी गरेपछि प्रतिपक्षी एमालेले असन्तुष्टि र विरोध जनाइसकेको छ । ढिलोमा जेठसम्म पहिले स्थानीय तहको चुनाव गरिसक्नुपर्ने पक्षमा एमाले छ । तर सरकार स्थानीय तहमा प्रतिनिधिविहीन हुने बाटोमा अग्रसर भएको भन्दै ओलीले समयमा चुनाव गराउने विषयमा सरकारमाथि दबाब बढाउने तयारी गरका छन् । 

 पहिले स्थानीय तहको चुनाव गराउनैपर्ने विषयलाई ओलीले प्राथमिकतासाथ उठाउने तयारी गरेका छन् । 

२. आफू नेतृत्वको सरकारले विकास र समृद्धिको लागि काम गरे पनि वर्तमान सरकार आएदेखि विकास निर्माणको प्रक्रिया नै अवरुद्ध भएकोबारे ओलीले वक्तव्यमार्फत् कुरा उठाउने तयारी गरेका छन् । 

आफूले सरकार छोडेपछि विकासमा मुलुक पछाडि परेको, भ्रष्टाचार झन् बढेको विषयमा ओलीले सरकारको ध्यानाकर्षण गराउने भएका छन् । यतिमात्रै होइन प्रधानमन्त्रीले आफूले ६ महिनाको अवधिमा गरेको काम भन्दै उठाएका विषयलाई ओलीले खण्डन गर्दै आफ्नै कार्यकायका उपलब्धीको क्रेडिट लिएको भन्दै कटाक्ष गर्ने तयारी गरेका छन् । आफूले उच्च गतिमा काम गरे पनि देउवा नेतृत्वको सरकार निकम्मा सावित भएको आरोप ओलीले लगाउँदै छन् । 

३. कोरोना महामारीको तेस्रो लहर बढे पनि सरकारले पर्याप्त भ्याक्सिनको व्यवस्था नगरेको, २४ लाख भ्याक्सिन गायव बनाएको आरोप पनि लगाउँदै छन् । यतिमात्रै होइन कोभिडको जोखिममा नागरिकलाई सिटामोलसमेत दिन सरकार असफल भएको विषय ओलीको वक्तव्यमा उल्लेख हुँदैछ ।  

४. भारतले नेपालको लिपुलेकपास हुँदै तिब्बत जोड्ने सडक निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको विषयमा सरकार नबोलेकोबारे पनि ओलीले विषय उठाउने तयारी गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दा पनि प्रधानमन्त्री देउवाले यो विषयलाई नमारेपछि एमाले पंक्तिबाट यसको विरोध भइरहेको छ । 

५. आफ्नो समयमा आर्थिक वृद्धिदर मुलुकको आर्थिक अवस्था सवल भए पनि देउवा नेतृत्वको सरकार बनेदेखि नै आर्थिक अवस्था ऋणात्मक अवस्थामा गएको ओलीको अर्को आरोप हुनेछ । अर्थतन्त्रका सबै सूचकांक खराब सूचकमा चलेको विषयलाई ओलीले उठाउँदैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक