2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमसीसी संसदमा टेबल, अर्को बैठक फागुन १२ गते बस्ने

फागुन ८, काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता टेबल भएसँगै बैठक फागुन १२ गते १ बजे बस्ने गरी स्थगित गरिएको हो । आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदले अवरोध गरेका थिए ।

एमसीसी सम्झौता संसद्को कार्यसूचीमा राखिएकोप्रति सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले पनि विरोध गरेको थियो ।

त्यस्तै, एमालेका सांसद भीम रावल र नेमकिपाका सांसद प्रेम सुवालले पनि एमसीसी टेबल गर्न नहुने बताएका थिए ।

एमसिसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको  बताएका थिए।  

प्रस्तावमाथि छलफल गर्ने विषयमा भने आज  कार्य व्यवस्था परामर्श समितिको बैठकमा कुरा भएन।

यसअघि आज बिहान बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले एमसिसी संसदमा टेबल गर्ने सहमति गरेको थियो। २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो। प्रस्ताव दर्ता भए पनि नेकपाको आन्तरिक विवादका कारण  सभामुखले टेबल गर्न दिएका थिएनन्।

सत्तारूढ गठबन्धनमा लामो विवाद र बहसपछि एमसिसी संसद बैठकको कार्यसूचीमा परेको हो।  

अर्को बैठक फागुन १२ गते दिउँसो १ बजे बस्नेछ। त्यही बैठकबाट एमसिसी सम्झौतामाथि छलफल सुरू हुने सम्भावना छ।  

प्रतिनिधिसभाको बैठक यही फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ